Videos
तपाईंले पनि आफ्नो साहित्यिक कार्यक्रमका भिडियो या भिडियो सामाग्री Youtube वा कुनै वेबसाइटमा upload गरेर त्यसको link हामीलाई info@shrijana.com मा पठाउन सक्नुहुनेछ !अतिथि र हतार – श्रवण मुकारुङ
Last modified on 2009-07-22 01:36:24 GMT. 0 comments. Top.
वादी विज्ञप्ति – प्रगति राई
Last modified on 2009-04-03 09:48:42 GMT. 2 comments. Top.
म आइमाई हुँ साहेब !
अनुहारभरि नियतिले पोतिएको मोसो लिएर
हृवार्हृवार्ति आक्रोश बल्दै
सार्वजनिक उभिएकी छु आज ।
मेरो वासनाजति सबैसबै
साहेबलाई सुम्पिसकेँ भन्थेँ
मभित्र दुर्गन्धमात्रै बाँकी छ भन्थेँ
तर त्यो दुर्गन्धभित्र पनि साहेबलाई भनेर
एउटा महत्वपूर्ण कुरा सुरक्षित थिएछ
जसका लागि साहेबको चिप्लो ज्रि्रो
र्याल चुहाउँदै मेरो पाउमा आइपुग्यो
जसका लागि साहेबका महँगा हात
विनम्रले जोल्ठिएर मेरो अनुहारमा आइपुग्यो
जसका लागि साहेबका गौरवशाली गोडा पनि
मेरो जीवनको अनकन्टार भीर छिचोल्दै
मकहाँ शिरनत गरेर आइपुग्यो ।
साहेबको आगमनमा
मेरा लागि ल्याइएको
सगुनको पोको
मेरो हातमा थमियो
जसभित्र अति कलात्मक पाराले
प्याकिङ् गरिएका रसबरी भाषा, नौनी स्वभाव र
झरझराउँदो सपनाको हार उपहार थिए ।
अचानक यस्तो भएकोमा म झन्डै ढलेको
कहिल्यै सपना नदेख्ने आँखामा
यो सपनाका महँगा हार बिझायो मात्रै मलाई
कहिल्यै मीठो स्वाद चाख्न नजानेको मेरो जिब्रोमा
साहेबले दिएको रसबरी, परपरायो मात्रै मलाई
कहिल्यै आत्मीय नभोगेको मेरो दिललाई
साहेबको यो प्रेमिलो साथले
चरचरी चहर्यो मात्रै मलाई
सायद, बाँसको जरामा
कला भरिएको आकृतिजस्तो देखिएँ हुँला ।
साहेबले खुब मनपराएर भन्यो-
‘तिमी अझै जीवित छ्यौ, लौ माग, तिमी के चाहन्छ्यौ’
मान्छे हुनुको रगतले मागेको
आफ्नो पहिचान, माटो र इज्जत मेरो माग भयो ।
जसका लागि म भित्र भएको त्यो अमूल्य चीज
साहेबलाई दिनुपर्ने रहेछ
मैले दिएँ, त्यो हो ‘चुनावी भोट’
मजस्तै वादीहरूको भोटको भर्याङ चढेर
साहेब माथि कता हो कता पुग्यो
मैले देख्न सकिनँ ।’
यतिखेर
साहेबलाई सोधिरहेछु-
तिमीले बनाएको नयाँ विधानमा
बादी हुनुको स्थान कहाँनेर छ -
तिमीले बनाएको नयाँ सरकारमा
बादी हुनुको पहिचान कहाँनेर छ -
भनिदेऊ बरु ! बादी शब्द मेरो देशको होइन
भनिदेऊ बरु ! बादी मेरो देशको नागरिक होइन
तिमीले नङ्ग्याएको चोट
चोट नभएर आगो भएको छ आज
आइमाई हुँ साहेब !
तिमीले नै नङ्ग्याएको नाम लिएर
सार्वजनिक उभिएकी छु आज सडकमा ।
साहेबजस्तै अनुहारहरूले चाटेको मेरो कुरकुरे वैश
साहेबजस्तै नशालुहरूले रित्याएको मेरो जवानी
साहेबका जस्तै हातहरूले च्यातेको मेरो कुमारी पेटीकोट
र, आमा बन्न लालयित रहरलाई मारेर
साहेबका जस्तै ओठहरूले चुसेको मेरो निर्दोष स्तन
यो सबै सबैको हिसाब गर्न
सार्वजनिक भएकी छु आज
आइमाई हुँ साहेब !
दनदनी आक्रोश बल्दै
तिमी नै गुडिजाने यो चिल्लो सडकमा
नाङ्गै उभिएकी छु आज ।
आफैले सिकाएको क्रान्तिको गीतले
बिझायो तिमीलाई -
मेरो नामभरि आफैले पोतेको
वीर्यको दाग गन्हायो तिमीलाई
अन्यायको पर्दा हालेर बस्ने तिम्रो आँखालाई
आफैद्वारा लुटिएकी मेरो फरियाले बिझायो तिमीलाई
मेरो नाम नाङ्गो छ
मेरो जात नाङ्गो छ
म जहाँ जहाँ उभिन्छु
त्यहाँ त्यहाँ धर्ती नाङ्गो मानिन्छ
जीउछाडा आइमाई बनाइएँ साहेब !
लोकतन्त्रको रेशमी साडी लगाएर
म आफ्नो लाज छोप्न सक्दिनँ
तिम्रो आश्वासनको प्याला हेरेर
उन्मुक्तिको बाटो अब फेरि पर्खन सक्दिनँ
सदियौँदेखि नङ्ग्याइनुको चर्को चोटको यो शर्त सुन !
अथवा, यो घीनलाग्दो नामको खतरनाक निर्णय सुन !
मलाई तिमीजस्तो बनाउन चाहन्नौ भने
मजस्तो चाहिँ तिमीलाई अवश्य बनाउँछु
आइमाई हुँ साहेब !
एकदम जीउछाडा बनाइएकी आइमाई
दनदनी आक्रोश बल्दै
तिमी गुडिजाने चिल्लो सडकमा
नाङ्गै उभिएकी छु आज
सार्वजनिक उभिएकी छु आज ।
दुई गीत – माया थापा
Last modified on 2009-03-05 02:19:14 GMT. 0 comments. Top.
तीन टुक्रे कविता हरु – अशोक राई
Last modified on 2009-02-26 04:01:29 GMT. 0 comments. Top.
मेरी छोरी, मेरा कथा र चित्रहरु – गणेश इजम
Last modified on 2009-02-25 03:04:40 GMT. 0 comments. Top.
यो भूगोल मिल्दैन, यो इतिहास मिल्दैन ! – केशव प्रसाद भट्टराई
Last modified on 2009-02-16 11:20:12 GMT. 0 comments. Top.
शब्दहरु – टंक सुब्बा
Last modified on 2009-02-16 11:21:18 GMT. 0 comments. Top.
गाऊँ छोड्दा ! – संयुक्त श्रेष्ठ (यन्त्रकला)
Last modified on 2008-09-27 07:20:50 GMT. 1 comment. Top.
An animated short film dedicated to innocent victims of violence during the last decade in Nepal.
देश गृहयुद्धमा फसेको बेला द्वन्द्व पीडित, निरीह, निर्दोषहरुमा समर्पित एनिमेटेड लघु चलचित्र !
Special thanks to Sanyukta Shrestha and Niyukta Shrestha for sharing this incredible animation with us.
सौजन्य :- Sanyukta Shrestha (http://www.yantrakala.com)
मोहम्मुद आलमको कविता- हाङ्युग अज्ञात
Last modified on 2009-07-23 02:36:55 GMT. 0 comments. Top.
साहित्यकार हाङ्युग अज्ञात सशक्त कवि तथा समालोचक हुनाको साथै सृजनशील अराजकतावादका प्रर्वतकत्रय मध्ये एक हुनुहुन्छ । अराजकता पनि एउटा ऊर्जा हो जसलाई सृजनशीलतामा प्रयोग गर्नुपर्छ भन्ने सृजनशील अराजकतावादको प्रमुख मान्यता हो।
“मोहम्मुद आलमको कविता”मा हंगकंगमा आप्रवासी जीवन बिताउने पाकिस्तानी वयोवृद्धको कथा छ तर कविताले संपूर्ण आप्रवासीहरुको ब्यथालाई समेटेर मानवीय संवेदनालाई स्पर्श गरेको छ ।
सौजन्य: टंक सुब्बा, कविता कुसुम ब्लग स्पट ।
“एउटा प्रश्न मिस्टर ह्यारीहरुलाई !”- भोगेन एक्ले ।
Last modified on 2008-10-04 09:12:37 GMT. 0 comments. Top.
कवि भोगेन एक्लेका कविताहरुमा मातृभूमि प्रतिको अगाध स्नेहको प्रचुरता रहन्छ ।
“एउटा प्रश्न मिस्टर ह्यारीहरुलाई !” बेलायती राजकुमार ह्यारीले इराकयुद्धभूमिबाट फर्केर गोर्खालीहरुको प्रशंसा गर्दै उनीहरु माझ आफूले सुरक्षित महशुस गरेको मन्तब्यलाई ब्यंग्य गर्दै गोर्खालीहरुको कारुणिक कथा समेटिएको छ।
सौजन्य: टंक सुब्बा, कविता कुसुम ब्लग स्पट ।
तपाईं पनि आफ्नो श्रब्य कविता रेकर्ड गरेर हामीलाई info@shrijana.com मा पठाउनुहोस् !










Sunlight peeps through my window