छुवाछुत विरुद्धको दूधको पेशा – पुरुशोत्तम सुबेदी
वि सं २०१८ साल देखि नै राजा महेन्द्र कै पालामा तराइका सम्म फांटहरुमा नयाँ बस्ती बसाउन सुरु भयो । बर्मा बाट थुप्रै नेपाली हरु खेदिएर नेपाल पसे । सुरुमा बडो दु:खका साथ जंगल विनाश गरी बस्ती बसाउन योग्य भूमि बनाइयो । चितवन -नवल परासी – कपिलवस्तु -रुपन्देही आदि जिल्ला हरुमा तत्कालीन पुनर्वास कंपनीले आफ्नै तरिका बाट बस्ती बसाइदियो । यसै क्रममा जनघनत्वको चाप र नेपालको मध्य पश्चिम पहाडी भेगका मानिसहरु बेरोजगारीको मारमा परेका थुप्रै मानिसहरु मधेस झरे । बस्ती बस्यो । क्रमश: नारायण घाटमा पुल पनि बन्यो । नारायण घाट बजार पनि भरि भराउ भयो । चितवन मा बस्ने किसान हरु र पूर्वी नवल परासीमा बस्ने किसान को लागि नारायणघाट बजार एउटा ठुलो ब्यापारिक् केन्द्र सोपिङ सेन्टर पनि बन्यो । हेटौंडा दुग्ध बिकास संस्थान ले चितवन मा चिस्यान केन्द्र पनि राख्यो । चितवन का किसान हरुले उक्त चिस्यान केन्द्रमा दुध बेच्न थाले ।यातायातको सुविधा भएको हुनाले नवलपरासीका केही किसान हरु पनि दुध बेचेर लाभान्वित हुन पुगे । तरकारीहरु फलफुल हरु बेचेर पनि मानिसहरुले आफ्नो सांझ बिहानको जोहो गर्न सफल भए । तर हरिया फलफुल र सागपात बाहेक पशुपालन तथा दुग्ध ब्यवसाय अथवा दुध बेच बिखन गरी आफ्नो जीविका चलाउन त्यहाको एक खाले समाज भने वन्चित थियो । चितवन मा चिस्यान केन्द्र राख्नु पूर्व चितवनकै दलित भनिने वर्ग हरुको दुध बजार मा जति सुकै स्वच्छ ताजा भए पनि बिक्री हुँदैनथ्यो । पछि संस्थान ले दुध खरिद गर्न थालेदेखि मात्र चितवन का दलित किसान ले दुध बेच्न सफल भएका थिए । फेरि पनि गाउँमा जन्ती मलामी खुवाउन पर्यो भने डेयरिको दुध त लिनु हुन्न भन्ने जातिय छुवाछुत को भावना राखी गाउँले पाइकरी (गाउबाट दुध किनी बजारमा बेच्ने ) बाट आधा पानी भएको दुध चोखो मानिन्थ्यो र त्यही दुध किनिन्थ्यो । यो यथार्थ सत्य कुरा हो ।
कुरा झन्डै २०५१-५२ को तिरको हो त्यस ताका सरकारी दुध डेरी बाहेक प्राइभेट डेरीको पनि थालनी भयो । पञ्चायत पालाका राष्ट्रिय पंचायत् सभासद समेत् रहेका पिताम्वर थापा मगरले नारायणघाटमा महालक्ष्मी डेरी नाम बाट एउटा दुध डेरी स्थापना गरे । उक्त दुध डेरिमा नवलपरासी को अमरापुरि गा वि स बाट मैले पनि दुध बेच्ने जमर्को गरी मेरो घरको ३ लिटर दुध लाई आधार बनाइ अरु गाउलेको दुध पनि पिताम्वर थापाको डेरिमा बेची प्रति लिटर रु १ मुनाफा लिने शर्तमा गाउलेको दुध खरिद गर्न थालें । दिनानु दिन दुध बढ्दै गयो । स्मरण रहोस्, त्यस बेला त्यस गाउँमा अन्य ४ जना पाइकरी (दुध ठेकेदार) पनि गाउले संग दुध किनी बजार का चिया पसलेहरु लाई बेच बिखन गर्थे । तै पनि त्यस गाउँका दलित वर्गले दुध ब्यवसाय बाट जीविका गर्ने आँट गर्न भने सकेका थिएनन । ३ लिटर बाट सुरु गरेको मेरो दुधको पेसा झन्डै ३७० लिटर सम्म भयो । पिताम्वर थापाको डेरीले मेरो मात्रै दुध खरिद गर्न पनि सकेन । त्यस बाट बचेँको दुध यज्ञपुरी फारम (चितवन चिस्यान केद्र ) मा बिक्री गर्न थालें । ३ फ्याट २९ ल्याक्टोमिटर देखि माथिको दुध मात्र खरिद बिक्री गरिन्थ्यो । आठ- यस यन यफ अथवा फ्याट र ल्याक्टो को जोड लाई चार ले भाग गरी आयको शेष लाई (सोलिड बट नट फ्याट ) यस यन यफ भनिन्छ र यो दुध गुणस्तरीय दुध मानिन्छ ।
गाउँमा चार जना संग प्रतिस्पर्धा गरी गाउँलेको चित्त बुझाई गुणस्तरीय दुध त्यसताका डेरीमा लानु सानो मेहनत को कुरा थिएन । पियर दुध खान त पाँडो भएर जन्मिनु पर्छ भन्ने गाउले किंबदन्ती लाई चुनौती दिंदै गुणस्तरिय दुध डेरीमा पुर्याउने र त्यस गाउका जनता लाई दुध डेरिको बारेमा थुप्रै जानकारी समेत गराइ सकेको थिएँ । त्यस समय सम्म पनि त्यस गाउँका दलित हरुले दुध बिक्री गर्न पाएका थिएनन् । दुध को पेशा यस्तो पेशा हो जुन पेशा बाट अप्रत्यक्ष रुपमा अत्यधिक मात्रमा फाइदा हुन्छ । पिअर दुधले आधा पानी हजम गरेर पनि उस्तै देखिन्छ । गाउले को पिअर दुध गाउले लाई नै आधा पानी राखेर जहाँ अझै पनि कारोवार हुने गर्छ। तर डेरीसंग यस्तो कारोबारले भने मेल पटक्कै खांदैन । किनकी डेरिमा गुणस्तरीय दुधको मात्र कारोवार हुने गर्छ ।
कुरा त्यति खेरैको हो गाउँले बाहुन छेत्री हरुले दुध बेचेर राम्रै आय आर्जन गर्थे । तर त्यस गाउका दलित हरुको दुध लिने आँट भने कुनै दुध ब्यापारीको थिएन । मेरो दुध संकलन केन्द्र बाट पनि थुप्रै गाउले हरुले जन्ती मलामी लाई खिर खुवाउन दुध लाने गर्थे ।यसरी डेरी भन्दा बाहिर दुध बेच्दा निकै नाफा हुन्थ्यो । यसै क्रममा एक दिन त्यस गाउँका लाल बहादुर बि क लाई पनि दुध बेचेर आफ्नो घर को जोहो गर्ने इच्छा भएछ उनले धेरै चोटि अरु गाउले दुध बिक्रेता लाई पनि कुरा गरेका रहेछन तर अरुहरुले “पुरुशोत्तम कम्युनिस्टहो कम्युनिस्ट ले छुवाछुत मान्दैनन्, शायद उनले तिम्रो दुध किन्छन्” होला भनी सिकाएका रहेछन् र लाल बहादुर ले पनि अघिल्लो दिन सांझ एउटा सोच बनाएछन् । भोलि पल्ट म पनि घर बाट हातमा सकी नसकी ठुलाठुला आल्मोनियम का ढोल झुन्ड्याइ दुध भर्ने स्थान तिर लाग्ने जमर्को गर्दै थिएँ । लालबहादुर बि क टुप्लुक्क दैलोमा आइहाले । “ए पुरुशोत्तम बावु एक छिन पर्ख त ?” मैले पनि बिहानै मेरै घरको साम्मुने कोही पाहुना आउँछ भने कुनै समस्या पर्यो कि के भयो भनी अलि स्तब्ध भयं । लाल बहादुर बि क लाई अरु कसैले ज्याक लगाइ कम्युनिस्ट लाई दलित को दुध भर्न लगाइ छुवाछुतको पंगा लिई झगडा गराई दुध कालेक्सन सेन्टर नै हत्याउने उद्देश्यले कसैले पठाएको रहेछ । त्यस बखत लाल बहादुर बि क ले पुरुशोत्तम सुबेदी ले मेरो दुध किनिदिन्छ भन्ने सोंच बाट आएका भने रहेनछन् । म पनि मेरो घरको पालिमा राखिएको बेन्च मा बसें र “लाले दाई किन यतिका बिहानै मकहां आउनु भयो त?” भनी मैले सोधें । लाल बहादुरको हँसिलो अनुहार थियो उनले “पुरुशोत्तम बावु तिमी कम्युनिस्ट हौरे छुवाछुत लाई मान्दैनौ रे त्यसैले म पनि २-४ लिटर दुध बेचूँ कि भनेर आएको बावु हुन्छ कि हुन्न होला बावु ?”उनको प्रश्न थियो ।
सन १९८० देखि झन्डै सन १९८८ सम्म भारतको नयाँ दिल्लीमा बसी ड्राइवरि पेशा सिकी आफ्नै ईच्छा मा भारतीय ग्रामीण तथा लघु उद्योग मा ४० महिना प्राइभेट सेक्टर बाट तालिम लिई नेपाल मा साना घरेलु उद्योग संबन्धी कुन ठाउँमा कुन उद्योग चल्छ भन्ने जानकारी सहित् कति पूँजी ले कुन उद्योग कहाँ संभव हुन्छ भनी “घरेलु तथा साना उद्योग” नामक पुस्तक र शिक्षित नेपाली नारी हरुको लागि महत्वपूर्ण कोसेली “अचार संसार अचार् उद्योग” नामक पुस्तक समेत प्रकाशित गरी सकेको अवस्थाको पुरुशोत्तम लाई लाल बहादुर बि क को दुध किनेर डेरिमा लैजानु कुनै ठुलो कुरा थियन । किनकी छुवाछुतको भावना लाई दिल्ली बाटै दुर गराइ सकेको थिएँ । लाल बहादुरको कुरा एकै वचनमा स्वीकार्दा उनी पनि अचम्मित भए । “बावु यसरी सजिलै हामी कामी हरुको दुध तिमीले लिन्छौ भन्ने थाह भएको भए मैले पोहोर साल देखि नै तिमी लाई नै दुध दिने गर्थे नि बावु ।” लाल बहादुर ले आजै २ लिटर दुध दुहेर ल्याउने वचन दिएर त्यहाँ बाट आफ्नो घर लागे । तर त्यस दिन भने लाल बहादुर ले दुध भने ल्याएनन् । उनले त्यो दिन खुब प्रचार गरे,” मेरो पनि अब देखि त्यही पुरुशोत्तम भन्ने मान्छेले दुध किन्ने भयो अब म पनि भोली देखि दुध बिक्री गर्न थाल्छु”। उनको त्यो दिन त्यसरी नै गयो । म पनि बिहान दुध भरेर मेरो एक जना कर्मचारी थिए अर्जुन चापागाइ उनी संग डेरी पुगे दुध पु्र्याई फर्केर घर आयं । आउँदा बित्तिकै गाँइ गुँइ केही कुरो कतै सुन्न परि हाल्यो कि अब त्यस लाई मात लाग्यो । “गरी खाओस् भनी त्यसको ढोलमा दुध खन्याएको हो । अब दमै कामी सार्कीको दुध लान्छ भने हामीले दुध दिन्नम्” भन्ने हल्ला गाउँमा फिजीइ सकेको रहेछ । बिचरा लाल बहादुर ले एक दिन पनि दुध बेच्न पाएका छैनन गाउँमा ठुलो छुवाछुत को हुरी चल्यो । यो हुरी चलाउन मद्घत पुर्याउने काम पहिलो दिन उनै को मुख बाट भएको थियो । रातारात अब पुरुशोत्तम लाई दुध नदिने सल्लाह भएछ । भोलि पल्ट बिहान दुध भर्न जांदा झन्डै ८० लिटर दुध कम आयो । लाल बहादुर बि क ले पनि २ लिटर दुध लिएर आए । अन्य कोही भने अब पुरुशोत्तम लाई दुध बेच्न हुन्छ तर बिहाबारीमा यो सितको दुध भने लिन हुन्न भन्ने हरु पनि निकै थिए त्यहां ।
यदि लाल बहादुर को दुध नलिएको भए मेरो दुध को पेसामा कुनै धक्का लाग्ने थिएन त्यस दिन देखि मेरो दैनिक दुधको पेशामा झन्डै एक सय रुपैया को नोक्सानी भएको थियो । क्रमश: गाउँलेले मलाई दलित को दुध लियो भनेर उनिहरुले दुध दिन छोडेको ताजै जस्तो लाग्छ । पैसा र रुढिबाद लाई अँगालेको भए शायद म अहिले पनि त्यसै गाउँमा दुध कै पेसामा सिमित हुन्थें होला । तै पनि एक जना सचेत नागरिक ले समाजमा रहेको अनावश्यक जातिय रुढिबाध लाई चिर्न पहल गर्नु मेरो मानविय कर्तब्य थियो । जातियता बाट ग्रसित समाजमा बिकासका कुनै पुर्वाधार गत कांग्रेस एमालेकै पालामा अगाडि बढ्न सकिरहेको अवस्था थिएन । समाजमा अझै पनि कतै बोक्सीको आरोपमा मान्छे मारिने पिटिने आदी घटनाले देश अझै ग्रसित छ। पैसा कमिन्छ भनेर जे पनि गर्न तयार नेपाल मा रुढिबाद ले भने जरो गाडेकै पाइन्छ ।मेरै गाउँमा मैले मैन बत्ती उद्योग खोली बिभिन्न कलात्मक मैन बत्ती जस्तै राम सिताको मुर्ती- बाँदर मकैको घोगा आदि कलात्मक मैन बत्ती बनाएर घरेलु उद्योग लाई बढावा दिन खोज्दा राम सिताको मुर्ती लाई नांगो मुर्ती बनाइ महिलाको खिल्ली उडायको भनी मुद्दा हाल्छौं भन्ने र एउटा उद्योग लाई नै धाराशायी गराउन खोज्ने केही महिला आज त्यसै गाउमा अर्ध नग्न अवस्थामा हिंड्ने गरेको पनि ताजै उदाहरण छ । यसरी हाम्रो समाज अझै पनि अर्ध चेतनशील अवस्थामा गुज्रिएको छ। के सहि हो र के गलत भन्ने छुट्याउन नसक्नु शिक्षा कै कमी हो जस्तो मलाई लागेको छ ।










Sunlight peeps through my window
Leave a Reply