नेपाली भाषामा गजल

नेपाली भाषामा गजल3.5106

फारसीबाट उर्दु र हिन्दी हुँदै नेपाली भाषामा गजलले प्रवेश गरेको एक सय वर्षपुगिसकेको छ । नेपाली गजल लेखनको आरम्भकालका गजलहरूमा संस्कृतको पिंगल छन्द तथा फारसी बहरको अत्यधिक प्रयोग भएको पाइन्छ । मोतीरामद्वारा आरम्भ भएको गजलको प्राथमिक कालको समाप्तिसँगै झन्डै आधा शताब्दीपश्चात् पुनर्जागृत भएको नेपाली गजलको आरम्भ भने परम्परागत शास्त्रीय छन्द तथा बहरको आधारमा नभई स्वनिर्मित छन्दका गजलहरूको निर्माणबाट भएको देखिन्छ । चालीसको दशकको पूर्व सन्ध्याबाट सुरु भएको पुनर्जागृत नेपाली गजलले स्वनिर्मित छन्दका अतिरिक्त परम्परित तथा नेपाली माटो सुहाउँदो विभिन्न लोक लयलाई समेत आधार बनाएर आफ्नो लयगत स्वरूपको निर्माण गरिसकेको छ ।

मूलतः लय र सङ्गीतको जगमा ठडिएको एउटा यस्तो काव्य विधा हो गजल(जो निश्चित संरचनाभित्र बाँधिएर पनि स्रष्टाले वाचन गर्दा र पाठकले गजल पढ्दा साङ्गीतिकता प्रकट भएन भने त्यो गजलले उच्चता प्राप्त गर्न सक्दैन । अझ गायनसँग सम्बद्ध विधा भएकोले गजलले पूर्णता त तब मात्र प्राप्त गर्छ, जब त्यसलाई सङ्गीतबद्ध गराइन्छ । जसरी साहित्यको नाटक विधा रङ्गमञ्चसँग सम्बद्ध बिधा भएकाले नाटकको सम्बन्ध लेखक तथा पाठकका अतिरिक्त दर्शकसँगसमेत रहन्छ, त्यसैगरी गजल रचनालाई पनि गायनका रूपमा प्रस्तुत गरेपछि लेखक तथा पाठकका अतिरिक्त श्रोताहरूसँग समेत गजलको सम्बन्ध स्थापित हुन्छ र गजल जीवन्त बन्छ ।

नेपाली भाषामा लेखिएका संरचनागत रूपमा सबल नेपाली गजलहरू एकाधबाहेक चालीसको दशकपछि मात्र गायनमा आउन थालेको हो । गेय विधा हुँदाहुदै पनि पचासको दशकसम्म लेखिएका अधिकांश गजलहरूमा छन्द-मात्राको सन्तुलन नहुनु, सन्तुलित गजलहरूमा भाव सशक्त भए पनि गेयता तथा साङ्गीतिकताको अभाव रहनु, गेय गजल पनि प्रायः ‘गैर मुसलसल’ भएकाले सङ्गीतकारलाई छुन सिर्जना गर्ने ‘मुड’ नआउनु, ‘मुसलसल’ गजलको पनि भाव अनुरुप सङ्गीत सिर्जना गरी प्रभावकारी ढंगबाट गाउनका लागि गजल गायकीको विकास हुन नसक्नु र अति उच्च स्तरको सङ्गीत सिर्जना गर्न र्समर्थ राष्ट्रका बहुप्रतिभाशाली सङ्गीत र्सजकहरूलाई प्रेरित गर्ने वातावरण राज्यले तयार गर्न नसक्नु जस्ता कारणले नेपाली गजल गायनमा पछि परेको हो ।

पुनर्जागरणकालसँगै स्वनिर्मित लय र मात्रा छन्दमा बाँधिएर गजल लेख्ने परम्पराको आरम्भ गजलकार मनु ब्राजाकीले गरे । मनु पछि मनुकै बाटोलाई पछ्याएर ललिजन रावलले स्वनिर्मित मात्रा छन्दमा गजल सिर्जना गरे । ललिजनपछि मात्रा छन्दमा सुन्दर गजल निर्माण गर्ने प्रशस्त गजलकारको आगमन नेपाली साहित्यमा भइसकेको छ । यस क्रममा पचासको दशकदेखि सनतकुमार बस्तीले बहरमा आधारित नेपाली गजलहरूको सिर्जना उल्लेख्य रूपमा गरेको पाइन्छ भने पछिल्लो समयमा मोफसलबाट डा.घनश्याम परिश्रमीे र राजधानीबाट देवी नेपाललेे पिंगल छन्द तथा फारसी बहरलाई नेपाली गजलमा पुनर्स्थापन गर्न महत्वपूर्ण भूमिकाको निर्वाह गरेको देखिन्छ । फलतः बहरमा निर्मित गजलहरूको स्तरीय सङ्ग्रह नेपाली साहित्यमा प्रकाशित भइसकेको छ । साठीको दशकको आरम्भसँगै शिव प्रणत, गोपाल अश्क, गोर्खे साइँलो, सरोज काफ्ले र घनेन्द्र ओझाका बहरयुक्त गजलसङ्ग्रहहरू प्रकाशित भइसकेका छन् । यसै क्रमको पछिल्लो उदाहरण ‘बहरमाला-२०६३’ पनि हो ।

यसबाट छन्द-लयविहीन नेपाली गजल लेख्ने एउटा जमात त अब स्वतः पाखा लाग्ने नैे छन् । तर सुन्दर गजलको लागि शास्त्रीय बहरभन्दा पनि स्रष्टाको लय-चेतनाले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । वाणिर्क छन्दमा कविता लेख्नेेहरू सबै लेखनाथ बन्न सकेनन्, तर भूपि शेरचन गद्य कविताबाटै लोकप्रिय बने । स्वनिर्मित वा पारम्परिक छन्दमा रचित निम्न शेरहरू के बहर वा पिंगल छन्दका अन्य शेरहरूजस्तै आकर्ष एवम् अर्थपूर्ण छैनन् -

‘कस्का लागि उन्न थाल्यौ आज फूल-मालाहरू,

गन तिमी फूलका थुंगा गन्दैछु म प्यालाहरू’

-(१६ मात्राको स्वनिर्मित छन्द-मनु ब्राजाकी)

‘नखोलेरै राखिएको यौटा बन्द खाम थियो,

भित्र केके थियो कुन्नि बाहिर मेरै नाम थियो ‘

(-१६ मात्राको स्वनिर्मित छन्द-ललिजन रावल),

‘घामको लाली घोलेर रातो छ त नि छन त,

रातको छायाँ परेर हो कि अँधेरो जगत’

(-१६ मात्राको लोकलयात्मक छन्द-बूंद राना ),

‘मैनबत्ती जस्तै सधैँ बालेको छु जिन्दगीलाई,

आफ्नै बुद्धि पगालेर पालेको छु जिन्दगीलाई’

( -१६ मात्राको स्वनिर्मित छन्द-घनश्याम न्यौपाने परिश्रमी ) । उपर्युक्त गजलका मत्लाहरूमा प्रयुक्त छन्दमा लय र मात्रागत सन्तुलनसँगै गति र यति को पनि सुन्दर निर्वाह भएको छ ।

नेपाली भाषामा प्रकाशित कतिपय बहरबद्ध गजलहरूको अध्ययन गर्दा गजलकारहरूमा शास्त्रीय छन्दप्रति अतिशय मोह रहेको भान हुन्छ । तर तिनमा लय-सौर्न्दर्य एवम् भावसंयोजनको अभावमा सङ्गीतात्मकता ध्वनित हुँदैन । भलै त्यो गजललाई मीठो स्वर तथा भाकामा वाचन गरियोस्, त्यहाँ सांगीतिकता, भावको पूर्णता र कोमलता खट्किरहेकै हुन्छ । गजलकारमा शास्त्रीय छन्दको ज्ञान हुनु राम्रो हो, तर शास्त्रीय छन्दमा लेख्ने स्रष्टाले पिंगल छन्द तथा बहरको शास्त्रीय ‘सूत्र’ मात्र मिलाउन खोज्दा गजल कतै कुरूप त बन्न गइरहेको छैन – स्रष्टामा लय-चेतना नभएसम्म छन्द वा सूत्रको ज्ञान निर्रथक हुन्छ । वर्तमान समयमा प्रकाशित अधिकांश बहरबद्ध गजलहरू अध्ययन गर्दा ‘सूत्र’ मिलाउनका लागि मात्र ती गजलहरू लेखिएको प्रतीत हुन्छ ।

‘ज्ञान’ र ‘सिर्जनाशक्ति’ अलग अलग कुरा हुन् । सैद्धान्तिक ज्ञान प्राप्त गरेर मात्र हुंदैन-सिर्जनशीलताको अभाव छ भने । यस क्रममा प्रकट रूपमा देखापरेका डा. घनश्याम परिश्रमी र देवी नेपालद्वारा प्रशिक्षित वर्तमान पुस्ताका गजलकारहरू एवम् अन्य परोक्ष माध्यमबाट शास्त्रीय छन्दसम्बन्धी ज्ञान हासिल गरी गजल निर्माण गर्ने युवा स्रष्टाहरूमध्ये गजलकार घनेन्द्र ओझा जस्ता एकाध गजलकारका गजलहरूमा भने लय तथा भावको सुन्दर संयोजनसँगै साङ्गीतिकता समेत प्रकट भएको पाइन्छ ।

यसबाट के पुष्टि हुन्छ भने संस्कृतको पिंगल छन्द तथा फारसी साहित्यले तोकेको ‘गण’, ‘वर्णर्’, ‘रुक्न’, ‘अर्कान’ जस्ता जटिल सूत्रहरू नपछ्याइकन पनि आफ्नै देशको हावा-पानी र माटो सुहाउँदो पारम्परिक वा स्वनिर्मित छन्दमा पनि सुन्दर गजल निर्माण गर्न सकिन्छ । तर्सथ बौद्धिक कसरतद्वारा निर्मित संस्कृतको पिंगल छन्द तथा बहरबद्ध गजलमा भन्दा स्वतःस्फूर्त रूपले सिर्जित गजलमा नै सहज ढंगले सांगीतिकता प्रकट हुनसक्छ भने पारम्परित भाकाको मात्रा छन्द वा स्वतः निर्मित छन्दमै गजल सिर्जना गर्नु उपयुक्त होला कि ।

( गजलकार श्री भूपेन्द्र महतको सौजन्य बाट प्राप्त लेख)

VN:F [1.7.5_995]
Rating: 3.5/10 (6 votes cast)
This entry was posted on Sunday, September 14th, 2008 and is filed under लेख, निबन्ध. You can follow any responses to this entry through the RSS 2.0 feed. You can leave a response, or trackback from your own site.

6 Responses to “नेपाली भाषामा गजल”

  1. bishnu koirala on April 15th, 2009 at 5:19 pm

    derai man paryo malai yo kabita ajhai lekhnu hola hai

  2. Mahesh Prasad Bhatt on October 29th, 2009 at 9:29 pm

    Gajal Punarjagaran kaal vayer 40 ko dasak vannu vayeko chha tar masang gajal punarjagaran kaal dosro dasakma vayeko pramanharu raheka chhan 2022 salma sudur paschimanchal baitadi jillabat prakasit natakma gajal lekhne byakti hun sahityakar Swa. Dev Raj Bhatt ‘Sharma’
    Mahesh
    9841591389
    Kathmandu

  3. Mahesh Prasad Bhatt on January 16th, 2010 at 10:57 am

    नेपाली गजलको पुनर्जागरणकाल…
    गजल समालोचकहरुले नेपाली गजलको पुनर्जागरण काल वि सं २०३६ सालतिर भएको तर्क प्रस्तुत गरे पनि २०२२ सालमा स्व देवराज शर्माद्वारा लिखित अमर शहीद दशरथ चन्द नामक नाट्यकृतिभित्रको गजलले नेपाली गजलको पुनर्जागरण काल २०३६ साल नभएर २०२२ साल हो र पुनर्जागरणकालका प्रणेता स्व शर्मा हुन् तथा नेपाली गजलको पुनर्जागरण केन्द्र बैतडी हो भन्ने कुरालाई प्रमाणित गरेको छ शर्माको यो नियमबद्ध गजलले भावभूमिका हिसाबले सशक्त क्रान्तिकारी भएकोले प्रेमप्रणयइतर पहिलो नेपाली गजलको स्थान ओगट्न सफल रहेको पनि हाम्रो ठहर छ । जूनलाई बादलले ढाके पनि हीरालाई माटाले छोपे पनि आफ्नो गुण नछाडेझैं हामी गर्वका साथ भन्छौं स्व देवराज भट्ट शर्मा नेपाली गजलका पुनर्जागरणकर्ता हुन् । – सम्पादक प्यास राष्ट्रिय त्र…ैमासिक बर्ष ४ पूर्णाङ्क १३ बैतडी विशेषाङ्क २०६५ श्रावण-असोज

    बकवाद धेर गर्छौ यो नीचता देखाई भन लौ मुलुक भरीमा किन गडबडी मचायौ
    ठकुरी महान कुलका क्षेत्री भएर खासा गरि निन्दनीय यो काम नाउँ त्यसै गुमायौं
    राजा प्रजा सुखी छन् हाम्रो सुनीति पाई कुन दोष यसमा देख्यौं किन लाछना लगायौ

    गर्नु अनीति मात्रै नीति सुनीति तिम्रो नौका लगेर जलमा यो देश डुवायौ ।
    मन्त्री प्रधानको पद पायेको जँगले हो श्री ३ को उपाधि कुन अर्थमा लगायौ ।
    खोसेर नागरिक-हक नेपाली मात्रलाई लिई डोर आफ्नु हातमा कठ-मुर्ति झैं नचायौ ।
    शासक प्रजा सबैको राख्ने त हुन् प्रजा नै शासन जहानिया यो तिमीले कसोरी ल्यायौ ।
    सारा मुलुक भरीमा फैलाई व…िष न राम्रो हरियो नेपाललाई बेकाममा सुखायौ ।
    स्व शर्माद्वारा लिखित नाटिकाबाट लिइएको गजल

  4. ravi pranjal on June 1st, 2010 at 12:26 am

    यो मेरो “बहर्बद्ध नेपाली गजल मा सांगीतिक्ता” बिषय को “गोरखापत्र” र चितवन को “पल्लव” दुबै मा प्रकाशित् रचना लाई ” नेपाली भाषा मा गजल ” भन्ने शिर्शक दिएर हुबहु home page मा ” भुपेन्द्र महत को सौजंन्य भनेर राखिएको रहेछ । यस्को लागि म सँग कुनै अनुमति पनि कसैले लिएको छैन ।
    please correct this home page with my name and reference as soon as possible .

    RAVI PRANJAL

  5. ravi pranjal on June 1st, 2010 at 12:35 am

    यो मेरो “बहर्बद्ध नेपाली गजल मा सांगीतिक्ता” बिषय को “गोरखापत्र” र चितवन को “पल्लव” दुबै मा तीन बर्ष अघि प्रकाशित् रचना लाई ” नेपाली भाषा मा गजल ” भन्ने शिर्शक दिएर हुबहु home page मा ” भुपेन्द्र महत को सौजंन्य भनेर राखिएको रहेछ । यस्को लागि म सँग कुनै अनुमति पनि कसैले लिएको छैन ।
    please correct this home page with my name and reference as soon as possible .

    RAVI PRANJAL

  6. shiva mishra on June 2nd, 2010 at 9:36 am

    ravi pranjale teti bhani sakda pani kina shrijana.com le aafno galti sachyaayena yesma mero ghor aapatti 6 kasko rachana ho bhanne bastabikta nabujhi prakasn garda bhabisya maa ai parne apthyara ko barema shrijana.com le kina nasocheko?????????

Leave a Reply

छायाँ योद्धा- मनोरमा सुनुवार

Editor's Choice, कविता

यूद्ध,
तिम्रो शक्ति प्रर्दशनको थलो
सत्ता कब्जाको उपाय
वीरता प्रमाणितको दह्रो कसी
तर यूद्ध,
कदापी तिमी एक्लै लड्दैनौ
संभवत तिमीसंगै
तिम्रोभन्दा विकराल यूद्ध
हामीले लड्दै आएको हुनुपर्छ ।

यूद्धस्थलमा तिमी लडिरहँदा
शत्रुपक्षको तरबारले
पहिले हामी रेटिन्छौं
अभावमा
भोकमरीमा
असुरक्षामा,
तिमीले प्रहार गरेको आर्टिलरीबाट
गोला बनेर फेरि
हामी नै बज्रन्छौं
विपक्षीको परिशरमा
अनि प्रत्येक रात
प्रत्येक दिन
आफैँ ध्वस्त हुन्छौं
कहिं सेक्स स्लेभज्ञ बनेर
कहिं कम्र्फट वुमनद्द बनेर ।

हाम्रो मातृत्वलाई
चुनौती दिने यूद्धले
फेरि हामीसंग नै योद्धाको माग गर्छ,
शरिर अव कारखानामा
अनुवादित हुन थाल्छ,
तथापि
जैविक कारखाना
दृष्टि विहिन हुन सक्दैन
सक्दैन हुन सम्बेदनाहिन,
आफन्तसंग वियोगको
आँशुमा पौडदै
लड्नुछ संघर्षको मैदानमा
प्रत्येक निमेषमा ।

बलत्कार,
हामीमाथि मात्रै प्रहार हुने
तिम्रो यूद्धको एक अभिन्न हतियार,
हामी हजारौं मृत्यू वरण गर्दै
बाध्यछौं विउतिन,
अनि यो कुरुप र विकृत युद्धसंग लडेर
तिमीछेउ आइपुग्छौं,
फेरि तिमीबाट तिरस्कृत हुनुको पीडासंगैं
जीवनको अर्को युद्धमा होमिन पुग्छौं ।

इतिहास साक्षी छ,
श्रृङखलाबद्ध वर्वर यूद्धहरू
यसरी लडिरहिउँ हामीले,
रुवाण्डाको जातीय यूद्धमा
पूर्व यूगोस्लाभियामा,
पाकिस्थान /बंगलादेशमा
विश्वयूद्ध /शितयूद्ध/ गृहयूद्धहरुमा
भूगोलका रेखा रेखामा
लडिएका यूद्धहरुमा ।

हामी तिम्रो यूद्धभूमिमा
यौन सेवा प्रदायक, भान्छे, सेविका
वफादार आत्मघाती दस्ता,
अनि तिमीसंगै
काँधमा बन्दुक बोकेर हिड्ने लडाकु,
तथापि यूद्ध
तिम्रो मात्रै पेवा
तिमी मात्रै यसको विजेता ।

कहलाएँनौ कहिल्यै हामी विरंगना
टाँगिएन कहिल्यै हाम्रो छातीमा भिक्टोरिया क्रश
गाइएन कहिल्यै हाम्रो विरताको गाथा,
यद्यपि
हरेक थरी यूद्धमा विचलित नभइ
निरन्तर लडी रहन सक्ने,
आदम्य साहस भएका
हामी
वास्तविक योद्धा
यसअर्थमा
तिमी
फगत छायाँ योद्धा !

हालः श्रीलंका

VN:F [1.7.5_995]
Rating: 7.3/10 (18 votes cast)
310 Reads | 9 Comments | Read More

- राजेन थुलुङ्ग

Editor's Choice, गजल

विकासको बाढी गाउँमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ  ॥

गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच  फुल्न  सक्नु  पर्छ ॥

मोटरमा अल्छि पनि मेची-काली पुग्छ,
भारी बोकी लेकबेँसी डुल्न सक्नु पर्छ ॥

जुलुसमा दुष्ट पनि देशप्रेमी बन्छ,
देशले माग्दा ज्यानकै माया भुल्न सक्नु पर्छ ॥

VN:F [1.7.5_995]
Rating: 7.2/10 (14 votes cast)
135 Reads | 2 Comments | Read More

Holiday dilemma – Renu Rai

February 16th, 2010

In the past when I used to work, I really did not have to worry about purchasing provisions and stocking them in the freezer. There were times when I seldom ate at home and occasionally shopped. Bu after becoming a full time house wife, it was rather a different story.

Since the Chinese New Year would last for 4 days, I bought meat, vegetables, fruits and dried stuff a day before the holiday would commence. I thought these huge scales of food would last me throughout the holiday. During this festive occasion, the temperatures plummeted to 11 degrees and somehow lower in the New Territories. The colder the weather, we tend to eat more compared to the warm humid weather. On 15th February, through my window I could see Local Supermarket, Kai Bo open its door. So, I hurriedly sent my husband to purchase some dairy goods. In the usual days it only took him 5 minutes the most, but on that day it took him something like 40 minutes. Entering the house I enquired why it took him ages. He answered the queue was unusually long.

Then on the last day of the New Year, my fridge was technically empty. So having had no choice, I ran to the vegetable market. I had 100% hope that the businesses have resumed back to normal. Carrying my shopping bag and the shopping list, I stepped out of my flat. Few people were seen on the street and to my dismay 98% shops were still closed. Some hungry shoppers like me were eyeing here and there if they could get their luck for whatever purposes they have dragged themselves out of their beds on this freezing windy morning.

I desperately needed something to make chicken soup, so I went shop to shop. Unfortunately none of these shops were opened. I finally found one vegetable store, run by the Indian. He had a very few selection of vegetables. So I thought I would go for Choi sam.  Since there was no price tag, I asked the price for a catty of the vegetable.

He said, “$20!”

I said, “What?” He said

“Well, it is $24 but then you can buy for $20.”

Having had no choice I bought a half catty damaging $10.

Oh god, I said. Only a day before this particular holiday, a catty of choi sam cost $5, now the price has hiked to $20. I thought it was ridiculously expensive.

While heading home, I found another shop has just opened. And to my surprise the prices there were much cheaper rather like usual day when compared to the Indian guy’s. It occurred to me that the Indian has taken advantages of the hungry shoppers who would buy for any given price. I repented buying from him. Since only one or two shops were operating, I could not buy everything that my list contained.

Seeing the Kai bo’s door opened, as I was about to enter, my eyes caught a very long queue. “Oh no, if I buy anything from there, it meant queuing for an hour to get to the cashier. Forget it!” Then I turned my back and  forwarded my steps towards my flat.

God I had started to hate holidays. Holidays means shops closed. When the shops and malls are closed there is no point to go out. So you are left with only one choice – stay-at-home or alternately fly to somewhere outside Hong Kong. Stay home, watch television, browse net & yes eat and eat. A couple of years ago when the Chinese Lunar New Year came it was time to rejoice. The good thing about the New Year was hefty Lai see. And yes holiday meant relaxation. Waking up at any time of the day and eating whatever you wanted that the restaurants & the fast food centre catered. I did not have to worry about what to eat and what next to buy. Now as a devoted housewife and a mother, my life is complete & fulfilling.  But now holiday has become something that I strongly loathe. Sorry to say this to the people out there who hugely love the holiday season.

“Nothing lasts for ever” this old adage is applicable in everyone’s life whether happiness, sorrows, joy, fear or any other physical & emotional traumas. But then life has to move on despite of whatever/where ever fate takes us.

VN:F [1.7.5_995]
Rating: 8.5/10 (4 votes cast)
< |||| > 1 2 3 4 5

Shrijana: Video

गंगा निलो बग्छु

Videos

VN:F [1.7.5_995]
Rating: 7.6/10 (5 votes cast)

ताजा प्रतिकृयाहरु !

Donate

Shrijana Dot Com
Amount: US$
Select your donation purpose:
श्रृजना डट कम सह्योग आह्वानका उद्देश्यहरु!
सह्योगी दाताहरुको सूची!
श्रृजना डट कमलाई सहयोग गर्ने बिधि

भित्ते पाटी !

Previous Next All
Latest on Thu, 18:25

kumarprasadkoirala: malai sabaika nepalikabita ramra lage.manoramako chhanya yoddha jhan ramro lago.

AASHIKA: I LIKE SAHETYA

Bishnu Suebdi: View also http://www.hamrosahittye.tk/

Sunita Dahal: kindly give some information on translation History in Nepali literature if possible.

Ben suyal benu: jaha hau jata hau sabai nepali nai,yautai vasa yautai sabai napali nai, aautai fulbari ka rangichangi ful haru, sugandha chhari rahun jaha vayapani.

» प्रतिक्रिया दिनुहोस् !




सर्वाधिक लोकप्रिय !

बाँकी समाचारहरु

Links

Archive