नेपाली भाषामा गजल
फारसीबाट उर्दु र हिन्दी हुँदै नेपाली भाषामा गजलले प्रवेश गरेको एक सय वर्षपुगिसकेको छ । नेपाली गजल लेखनको आरम्भकालका गजलहरूमा संस्कृतको पिंगल छन्द तथा फारसी बहरको अत्यधिक प्रयोग भएको पाइन्छ । मोतीरामद्वारा आरम्भ भएको गजलको प्राथमिक कालको समाप्तिसँगै झन्डै आधा शताब्दीपश्चात् पुनर्जागृत भएको नेपाली गजलको आरम्भ भने परम्परागत शास्त्रीय छन्द तथा बहरको आधारमा नभई स्वनिर्मित छन्दका गजलहरूको निर्माणबाट भएको देखिन्छ । चालीसको दशकको पूर्व सन्ध्याबाट सुरु भएको पुनर्जागृत नेपाली गजलले स्वनिर्मित छन्दका अतिरिक्त परम्परित तथा नेपाली माटो सुहाउँदो विभिन्न लोक लयलाई समेत आधार बनाएर आफ्नो लयगत स्वरूपको निर्माण गरिसकेको छ ।मूलतः लय र सङ्गीतको जगमा ठडिएको एउटा यस्तो काव्य विधा हो गजल(जो निश्चित संरचनाभित्र बाँधिएर पनि स्रष्टाले वाचन गर्दा र पाठकले गजल पढ्दा साङ्गीतिकता प्रकट भएन भने त्यो गजलले उच्चता प्राप्त गर्न सक्दैन । अझ गायनसँग सम्बद्ध विधा भएकोले गजलले पूर्णता त तब मात्र प्राप्त गर्छ, जब त्यसलाई सङ्गीतबद्ध गराइन्छ । जसरी साहित्यको नाटक विधा रङ्गमञ्चसँग सम्बद्ध बिधा भएकाले नाटकको सम्बन्ध लेखक तथा पाठकका अतिरिक्त दर्शकसँगसमेत रहन्छ, त्यसैगरी गजल रचनालाई पनि गायनका रूपमा प्रस्तुत गरेपछि लेखक तथा पाठकका अतिरिक्त श्रोताहरूसँग समेत गजलको सम्बन्ध स्थापित हुन्छ र गजल जीवन्त बन्छ ।
नेपाली भाषामा लेखिएका संरचनागत रूपमा सबल नेपाली गजलहरू एकाधबाहेक चालीसको दशकपछि मात्र गायनमा आउन थालेको हो । गेय विधा हुँदाहुदै पनि पचासको दशकसम्म लेखिएका अधिकांश गजलहरूमा छन्द-मात्राको सन्तुलन नहुनु, सन्तुलित गजलहरूमा भाव सशक्त भए पनि गेयता तथा साङ्गीतिकताको अभाव रहनु, गेय गजल पनि प्रायः ‘गैर मुसलसल’ भएकाले सङ्गीतकारलाई छुन सिर्जना गर्ने ‘मुड’ नआउनु, ‘मुसलसल’ गजलको पनि भाव अनुरुप सङ्गीत सिर्जना गरी प्रभावकारी ढंगबाट गाउनका लागि गजल गायकीको विकास हुन नसक्नु र अति उच्च स्तरको सङ्गीत सिर्जना गर्न र्समर्थ राष्ट्रका बहुप्रतिभाशाली सङ्गीत र्सजकहरूलाई प्रेरित गर्ने वातावरण राज्यले तयार गर्न नसक्नु जस्ता कारणले नेपाली गजल गायनमा पछि परेको हो ।
पुनर्जागरणकालसँगै स्वनिर्मित लय र मात्रा छन्दमा बाँधिएर गजल लेख्ने परम्पराको आरम्भ गजलकार मनु ब्राजाकीले गरे । मनु पछि मनुकै बाटोलाई पछ्याएर ललिजन रावलले स्वनिर्मित मात्रा छन्दमा गजल सिर्जना गरे । ललिजनपछि मात्रा छन्दमा सुन्दर गजल निर्माण गर्ने प्रशस्त गजलकारको आगमन नेपाली साहित्यमा भइसकेको छ । यस क्रममा पचासको दशकदेखि सनतकुमार बस्तीले बहरमा आधारित नेपाली गजलहरूको सिर्जना उल्लेख्य रूपमा गरेको पाइन्छ भने पछिल्लो समयमा मोफसलबाट डा.घनश्याम परिश्रमीे र राजधानीबाट देवी नेपाललेे पिंगल छन्द तथा फारसी बहरलाई नेपाली गजलमा पुनर्स्थापन गर्न महत्वपूर्ण भूमिकाको निर्वाह गरेको देखिन्छ । फलतः बहरमा निर्मित गजलहरूको स्तरीय सङ्ग्रह नेपाली साहित्यमा प्रकाशित भइसकेको छ । साठीको दशकको आरम्भसँगै शिव प्रणत, गोपाल अश्क, गोर्खे साइँलो, सरोज काफ्ले र घनेन्द्र ओझाका बहरयुक्त गजलसङ्ग्रहहरू प्रकाशित भइसकेका छन् । यसै क्रमको पछिल्लो उदाहरण ‘बहरमाला-२०६३’ पनि हो ।
यसबाट छन्द-लयविहीन नेपाली गजल लेख्ने एउटा जमात त अब स्वतः पाखा लाग्ने नैे छन् । तर सुन्दर गजलको लागि शास्त्रीय बहरभन्दा पनि स्रष्टाको लय-चेतनाले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । वाणिर्क छन्दमा कविता लेख्नेेहरू सबै लेखनाथ बन्न सकेनन्, तर भूपि शेरचन गद्य कविताबाटै लोकप्रिय बने । स्वनिर्मित वा पारम्परिक छन्दमा रचित निम्न शेरहरू के बहर वा पिंगल छन्दका अन्य शेरहरूजस्तै आकर्ष एवम् अर्थपूर्ण छैनन् -
‘कस्का लागि उन्न थाल्यौ आज फूल-मालाहरू,
गन तिमी फूलका थुंगा गन्दैछु म प्यालाहरू’
-(१६ मात्राको स्वनिर्मित छन्द-मनु ब्राजाकी)
‘नखोलेरै राखिएको यौटा बन्द खाम थियो,
भित्र केके थियो कुन्नि बाहिर मेरै नाम थियो ‘
(-१६ मात्राको स्वनिर्मित छन्द-ललिजन रावल),
‘घामको लाली घोलेर रातो छ त नि छन त,
रातको छायाँ परेर हो कि अँधेरो जगत’
(-१६ मात्राको लोकलयात्मक छन्द-बूंद राना ),
‘मैनबत्ती जस्तै सधैँ बालेको छु जिन्दगीलाई,
आफ्नै बुद्धि पगालेर पालेको छु जिन्दगीलाई’
( -१६ मात्राको स्वनिर्मित छन्द-घनश्याम न्यौपाने परिश्रमी ) । उपर्युक्त गजलका मत्लाहरूमा प्रयुक्त छन्दमा लय र मात्रागत सन्तुलनसँगै गति र यति को पनि सुन्दर निर्वाह भएको छ ।
नेपाली भाषामा प्रकाशित कतिपय बहरबद्ध गजलहरूको अध्ययन गर्दा गजलकारहरूमा शास्त्रीय छन्दप्रति अतिशय मोह रहेको भान हुन्छ । तर तिनमा लय-सौर्न्दर्य एवम् भावसंयोजनको अभावमा सङ्गीतात्मकता ध्वनित हुँदैन । भलै त्यो गजललाई मीठो स्वर तथा भाकामा वाचन गरियोस्, त्यहाँ सांगीतिकता, भावको पूर्णता र कोमलता खट्किरहेकै हुन्छ । गजलकारमा शास्त्रीय छन्दको ज्ञान हुनु राम्रो हो, तर शास्त्रीय छन्दमा लेख्ने स्रष्टाले पिंगल छन्द तथा बहरको शास्त्रीय ‘सूत्र’ मात्र मिलाउन खोज्दा गजल कतै कुरूप त बन्न गइरहेको छैन – स्रष्टामा लय-चेतना नभएसम्म छन्द वा सूत्रको ज्ञान निर्रथक हुन्छ । वर्तमान समयमा प्रकाशित अधिकांश बहरबद्ध गजलहरू अध्ययन गर्दा ‘सूत्र’ मिलाउनका लागि मात्र ती गजलहरू लेखिएको प्रतीत हुन्छ ।
‘ज्ञान’ र ‘सिर्जनाशक्ति’ अलग अलग कुरा हुन् । सैद्धान्तिक ज्ञान प्राप्त गरेर मात्र हुंदैन-सिर्जनशीलताको अभाव छ भने । यस क्रममा प्रकट रूपमा देखापरेका डा. घनश्याम परिश्रमी र देवी नेपालद्वारा प्रशिक्षित वर्तमान पुस्ताका गजलकारहरू एवम् अन्य परोक्ष माध्यमबाट शास्त्रीय छन्दसम्बन्धी ज्ञान हासिल गरी गजल निर्माण गर्ने युवा स्रष्टाहरूमध्ये गजलकार घनेन्द्र ओझा जस्ता एकाध गजलकारका गजलहरूमा भने लय तथा भावको सुन्दर संयोजनसँगै साङ्गीतिकता समेत प्रकट भएको पाइन्छ ।
यसबाट के पुष्टि हुन्छ भने संस्कृतको पिंगल छन्द तथा फारसी साहित्यले तोकेको ‘गण’, ‘वर्णर्’, ‘रुक्न’, ‘अर्कान’ जस्ता जटिल सूत्रहरू नपछ्याइकन पनि आफ्नै देशको हावा-पानी र माटो सुहाउँदो पारम्परिक वा स्वनिर्मित छन्दमा पनि सुन्दर गजल निर्माण गर्न सकिन्छ । तर्सथ बौद्धिक कसरतद्वारा निर्मित संस्कृतको पिंगल छन्द तथा बहरबद्ध गजलमा भन्दा स्वतःस्फूर्त रूपले सिर्जित गजलमा नै सहज ढंगले सांगीतिकता प्रकट हुनसक्छ भने पारम्परित भाकाको मात्रा छन्द वा स्वतः निर्मित छन्दमै गजल सिर्जना गर्नु उपयुक्त होला कि ।
( गजलकार श्री भूपेन्द्र महतको सौजन्य बाट प्राप्त लेख)










Sunlight peeps through my window
derai man paryo malai yo kabita ajhai lekhnu hola hai
Gajal Punarjagaran kaal vayer 40 ko dasak vannu vayeko chha tar masang gajal punarjagaran kaal dosro dasakma vayeko pramanharu raheka chhan 2022 salma sudur paschimanchal baitadi jillabat prakasit natakma gajal lekhne byakti hun sahityakar Swa. Dev Raj Bhatt ‘Sharma’
Mahesh
9841591389
Kathmandu
नेपाली गजलको पुनर्जागरणकाल…
गजल समालोचकहरुले नेपाली गजलको पुनर्जागरण काल वि सं २०३६ सालतिर भएको तर्क प्रस्तुत गरे पनि २०२२ सालमा स्व देवराज शर्माद्वारा लिखित अमर शहीद दशरथ चन्द नामक नाट्यकृतिभित्रको गजलले नेपाली गजलको पुनर्जागरण काल २०३६ साल नभएर २०२२ साल हो र पुनर्जागरणकालका प्रणेता स्व शर्मा हुन् तथा नेपाली गजलको पुनर्जागरण केन्द्र बैतडी हो भन्ने कुरालाई प्रमाणित गरेको छ शर्माको यो नियमबद्ध गजलले भावभूमिका हिसाबले सशक्त क्रान्तिकारी भएकोले प्रेमप्रणयइतर पहिलो नेपाली गजलको स्थान ओगट्न सफल रहेको पनि हाम्रो ठहर छ । जूनलाई बादलले ढाके पनि हीरालाई माटाले छोपे पनि आफ्नो गुण नछाडेझैं हामी गर्वका साथ भन्छौं स्व देवराज भट्ट शर्मा नेपाली गजलका पुनर्जागरणकर्ता हुन् । – सम्पादक प्यास राष्ट्रिय त्र…ैमासिक बर्ष ४ पूर्णाङ्क १३ बैतडी विशेषाङ्क २०६५ श्रावण-असोज
बकवाद धेर गर्छौ यो नीचता देखाई भन लौ मुलुक भरीमा किन गडबडी मचायौ
ठकुरी महान कुलका क्षेत्री भएर खासा गरि निन्दनीय यो काम नाउँ त्यसै गुमायौं
राजा प्रजा सुखी छन् हाम्रो सुनीति पाई कुन दोष यसमा देख्यौं किन लाछना लगायौ
गर्नु अनीति मात्रै नीति सुनीति तिम्रो नौका लगेर जलमा यो देश डुवायौ ।
मन्त्री प्रधानको पद पायेको जँगले हो श्री ३ को उपाधि कुन अर्थमा लगायौ ।
खोसेर नागरिक-हक नेपाली मात्रलाई लिई डोर आफ्नु हातमा कठ-मुर्ति झैं नचायौ ।
शासक प्रजा सबैको राख्ने त हुन् प्रजा नै शासन जहानिया यो तिमीले कसोरी ल्यायौ ।
सारा मुलुक भरीमा फैलाई व…िष न राम्रो हरियो नेपाललाई बेकाममा सुखायौ ।
स्व शर्माद्वारा लिखित नाटिकाबाट लिइएको गजल
यो मेरो “बहर्बद्ध नेपाली गजल मा सांगीतिक्ता” बिषय को “गोरखापत्र” र चितवन को “पल्लव” दुबै मा प्रकाशित् रचना लाई ” नेपाली भाषा मा गजल ” भन्ने शिर्शक दिएर हुबहु home page मा ” भुपेन्द्र महत को सौजंन्य भनेर राखिएको रहेछ । यस्को लागि म सँग कुनै अनुमति पनि कसैले लिएको छैन ।
please correct this home page with my name and reference as soon as possible .
RAVI PRANJAL
यो मेरो “बहर्बद्ध नेपाली गजल मा सांगीतिक्ता” बिषय को “गोरखापत्र” र चितवन को “पल्लव” दुबै मा तीन बर्ष अघि प्रकाशित् रचना लाई ” नेपाली भाषा मा गजल ” भन्ने शिर्शक दिएर हुबहु home page मा ” भुपेन्द्र महत को सौजंन्य भनेर राखिएको रहेछ । यस्को लागि म सँग कुनै अनुमति पनि कसैले लिएको छैन ।
please correct this home page with my name and reference as soon as possible .
RAVI PRANJAL
ravi pranjale teti bhani sakda pani kina shrijana.com le aafno galti sachyaayena yesma mero ghor aapatti 6 kasko rachana ho bhanne bastabikta nabujhi prakasn garda bhabisya maa ai parne apthyara ko barema shrijana.com le kina nasocheko?????????