This entry was posted
on Friday, January 2nd, 2009 and is filed under Uncategorized.
You can follow any responses to this entry through the RSS 2.0 feed.
You can leave a response, or trackback from your own site.
Editor's Choice
हुनलाई त यहाँ अर्थात यस वेभमा प्रकासितमध्य कुनै एक रचनामाथि हाम्रो तर्फबाट केही लेख्ने भनिएको थियो । तर आज मैले सम्झौतालाई थोरै उल्लंघन गर्दै कुनै एक रचनामाथि नभएर रचना विधाविशेष केही लेख्ने (सार्ने) मनसुवा राखें । नीयम आपत्ति जनाउने तपाईंहरुमा सुरु मै करजोरी क्षमा याचना ।
वर्तमानमा सहित्यका विधाहरुमध्य गजल विधामा पनि धेरै कलम चलिरहेको महसुस गर्न सकिन्छ । यस वेभसाइडमा पनि पछिलो समय गजल भनौँ या गजल भनिएर धेरै रचनाहरु आउने गरेका छन् । ति मध्य कति, गजल सम्रचना अन्तर्गत राखेर हेर्दा गजल देख्नलाई कता कता असजिलो महसुस हुने खाल्का रचनाहरु प्राप्त हुने गरेका छन् भने कतिमा त गजलको गन्धसम्म पनि पाइन्न । यसो भएकोले आज मलाई गजल बारेमा मैले बुझेँ भन्ने लागेका मेरा केही बुझाइहरु बुझाउने पुस्तकबाटै सारेर यहाँ राख्ने हुटहुटी जागेर आयो । यसको अर्थ तेसो होइन कि तपाईं विज्ञ श्रष्टाहरुको बुझाइलाई मैले कम आँकिरहेको छु । ठाडो भन्नु पर्दा, बाठो पल्टिएको हुइनँ । म गजलको साधरण पाठक, श्रोतामात्र हुँ । तपाईं स्रष्टाहरुको अगाडि म अल्पज्ञानी श्रोताले गजलबारे खोक्ने दुष्साहस गर्न सक्दिनँ । तेसो त आजको यो अति उत्तराधुनिक संसारमा भोगाइ, बुझाई, गराई सबैसबै आ-आफ्नै । अरुलाई छोडौँ । साहित्यमा भन्नु पर्दा विधाभञ्जन, अविधाहरु विधा बनेर आइरहेको बेला, विनिर्माण निर्माणको बेला, यो यसै हुनु पर्छ, यो यसरी नै देखिनु पर्छ, यो यसरी नै लेखिनु पर्छ, यो यसरी नै भनिनु पर्छ, यसरी नै सुनिनु, बुझिनु पर्छ भनेर भन्नु या भन्न खोज्नु पनि मुर्खता नै होला । तर स्याउ, स्याउ नै हो भने सुन्ताला, सुन्ताला नै हो । स्याउमा सुन्तालाको रस पाइन्न भने सुन्तालामा स्याउको स्वाद । अझै स्याउ, सुन्तालाको पनि आ-आफ्नै अरु थुप्रै थरी होलान् । जस्मा स्वादको विविधता अवश्य नै हुने भए । हो सुन्ताला र कागती क्रस गरेर मुन्ताला फलाए जस्तै अरु विभिन्नलाई क्रस गर्न सकिएला । जस्ले स्वाद, गुण, रुप थुप्रैमा नयापन ल्याउला यो अर्कै पक्ष भयो ।
अव गजललाई कहिंकतै क्रस नगराई विशुद्ध फलाउने विधि विधानमा पसौँ है त । त्योभन्दा पहिले प्रश्ट पारौँ, यहाँ जेजति लेखिएका छन् यी सब मैले प्राध्यापक (ड.) डा. कृष्णहरि बरालको ‘गजल : सिद्धान्त र परम्परा’ भन्ने गजलको रामकाहानी समेटिएको कृतिबाट लिएको हुँ । धेरै हुवहु, अक्षरस सारेको छु । यति हो पुरै पुस्तकको सारबाट पनि सारमात्र खिचेर लिइएको हुँदा बीचबीचमा थोरै यताउता र थपघट भएका छन् ।
प्रारम्भमा अरबमा अरबी भाषामा लेख्न थालिएको गजल इरानमा फारसी भाषामा दशौँ शताब्दीमा लेख्न थालिएको जानकारी पाइन्छ । यसरी अरबीबाट फारसी, हिन्दी तथा उर्दू भाषा हुँदै नेपालीमा भित्रिन आएको गजल खास प्रकारको संरचनामा आबद्ध काव्यरुप हो । बराबरी लम्बाई वा एउटै छन्द भएका दुईदुई पंक्तिका कम्तिमा तीन सेर हुने यस विधामा मूलत: aa ba ca da आदिका क्रममा काफियाको प्रयोग भऐको पाइन्छ भने धेरै गजलमा काफियापछि दोहोरिएर आउने रदिफ पनि रहेको हुन्छ । गजलको प्रत्येक सेर आँफैमा पूर्ण कविता हुन्छन् यी मुक्तककै समकक्षी हुन्छन् । गजलमा गजलकारले आफ्नो उपनाम तखल्लुस राख्ने चलन पनि छ । यस्तो विशेष बनौटको अतिरिक्त गजलमा भाव, कल्पना, लय तथा छन्द, बिम्ब तथा प्रतीक र भाषाजस्ता तत्वहरु प्रयोग हुने गर्छन् । गजलमा, प्राचीन समयमा प्रेमसमम्बन्धी विषय प्रयोग हुने गरेकामा समयक्रममा यसमा अनेक विषय प्रोयोग हुन थालेको पाइन्छ भने एउटा गजलका सबै सेरमा एउटै विषय वा भिन्नभिन्न विषय प्रयोग हुने प्रचलन पनि देखिन्छ ।
गजल शब्दको व्युत्पतिगत अर्थ प्रेमिकासंग वार्तालाप वा स्वास्नीमानिससंग वार्तालाप भन्ने हुन्छ र साहित्यिक सन्दर्भमा चाहिँ एक प्रकारको काव्यविधा भन्ने हुन्छ । व्युत्पतिगत यस अर्थले पनि गजलमा प्रेमसम्बन्धी विषयवस्तु बढी प्रयोग हुनेकुरा स्पस्ट हुन्छ । समयक्रममा यसमा प्रयोग हुने विषयवस्तु विस्तारित भएको सन्दर्भ विभिन्न कालका गजलहरु पढेपछि थाहा पाइन्छ ।
गजलमा दुईदुई पंक्तिका आफैँमा पूर्ण वा स्वतन्त्र तीन वा तीनभन्दा बढी सेरहरु हुन्छन् र यी सेरहरु व्याकरणिक तथा अर्थ दुबै दृष्टिले आफैँमा पूर्ण हुन्छन् । गजलमा भएका सेरका पंक्तिहरुलाई मिसरा भनिन्छ यी मिसरालाई पनि दुई भागमा बाँडिएको पाइन्छ । सेरमा प्रयुक्त पहिलो पंक्ति वा मिसरालाई मिसर-ए-उला (मिसरा-ए-उला) भनिन्नछ भने प्रत्येक दोस्रो मिसरालाई मिसर-ए-सानी (मिसरा-ए-सानी) भनिन्छ । गजलमा भएका सेरहरुमध्ये पहिलो सेरलाई मतला भनिन्छ । यसलाई परिचयात्मक वा प्रतिनिधि वा उद्घाटित सेर भनिएको पनि पाइन्छ । कुनै कुनै गजलमा दुईवटा मतलाको प्रयोग हुने कुरा पनि विद्वानरुले बताएका छन् । गजलको अन्तिम सेरलाई मकता भनिन्छ । यसै सेरमा गजलकारले आफ्ना वैयक्तिक कुरा भन्ने गर्छ र यो सेर तुलानात्मक रुपमा बढी आत्मापरक हुन्छ भने संवेगको प्रयोगका दृष्टिले पनि अत्यन्त शक्तिशाली हुन्छ । यस सेरमा गजलकारले तखल्लुस (आफ्नो नामको केही अँश वा उपनाम) पनि प्रयोग गर्ने गर्छ । मतला र मकता भागका बीचका सेरहरुलाई गजलको मध्यभाग भनिन्छ । गजलको सबैभन्दा उत्कृष्ट सेरलाई ‘हासिले गजल सेर’ भनिन्छ ।
गजलमा प्रयोग हुने उपकरणहरुमा काफिया, रदिफ तथा तखल्लुस महत्वपूर्ण छन् भने गजलको संरचना निर्माणमा दुईदुई पंक्तिको सेरलगायत उपर्युक्त उपकरणहरुले पनि महत्वपूर्ण भूमिका वहन गर्ने गर्छन् । काफियाले गजललाई निस्चित रुप प्रदान गर्छ भने साँगीतिक पनि बनाउँछ । यसको अभावमा गजलले संरचना नै प्राप्त गर्न सक्दैन ।
काफियाः-
काफिया अरबी भाषाको पुलिङ्गी शब्द हो र यसको साहित्यिक अर्थ अनुप्रास, अन्त्यानुप्रास वा तुक भन्ने हुन्छ । गजलका प्रयोगका सन्दर्भमा भन्दाचाहिँ यसले अन्त्यानुप्रास वा उपान्तअनुप्रासको भूमिका वहन गर्ने गर्छ । गजलका मिसराहरुको पछाडि दोहोरिने शब्द रदिफभन्दा अगाडि प्रयोग हुँदा यसले उपान्तअनुप्रासको कार्य गर्छ भने रदिफ प्रयोग नभई अन्तिममा रहँदा अन्त्यानुप्रासको कार्य गर्छ । गजलमा काफियाको निस्चित स्थान निर्धारण हुन्छ र यसको प्रयोग मतला (परिचयात्मक वा प्रतिनिधि वा उद्घाटित सेर )का सबै मिसरा (पंक्ति)मा अनिवार्य रुपमा प्रयोग हुन्छ भने अन्य सेरहरुका चाहिँ दोस्रादोस्रा मिसरामा यसको प्रयोग गरिन्छ । सैद्धान्तिक हिसाबमा भन्दा एउटा मतला हुँदा गजलका मिसराहरुमा aa ba ca da र दुईवटा मतला हुँदा aa aa ba ca da का क्रममा काफियाको प्रयोग हुन्छ । गजलमा काफियाको प्रयोग पूर्ण तथा आंशिक दुबै अनुप्रासका रुपमा हुन सक्छ तर पूर्ण अनुप्रासकै रुपमा प्रयुक्त काफियालाई राम्रो मानिन्छ । एउटा गजलमा काफिया कहिलै पनि दोहोरिन्नन् ।
रदिफः-
काफियापछि दोहोरिने शब्दलाई रदिफ भनिन्छ । रदिफ अरबी भाषाको स्त्रीलिङ्गी शब्द हो र यसको व्युत्पत्तिगत अर्थ ‘घोडा वा उँटको पछि बसेको व्यक्ति’ भन्ने हुन्छ । साहित्यिक सन्दर्भमा भन्दाचाहिँ यो काफियापछि दोहोरिने शब्द हो । गजललाई सांगीतिक बनाउन रदिफले महत्वपूर्ण भूमिका प्रदान गर्छ । यसले गजललाई स्मरणयोग्य बनाउन पनि सहयोग पुर्याउँछ । यस्तो हुँदाहुदै पनि गजलमा रदिफको प्रयोग अनिवार्य मानिँदैन । रदिफ प्रयोग भएको गजललाई मुरद्दफ र नभएको गजललाई गैरमुरद्दफ भनिन्छ । कतिपय विद्ववान्ले त रदिफलाई गजलको अचम्मको र आवश्यक तत्त्व मानेका छन् ।
तखल्लुसः-
गजलमा प्रयोग गरिने अर्को महत्वपूर्ण उपकरण तखल्लुस हो र यसको प्रयोग ऐच्छिक रुपमा गरिने गर्छ । अरबी भाषाको पुलिङ्गी शब्द तखल्लुसको अर्थ कवि वा सायरले कविता वा गजलमा लेख्ने नाम वा उपनाम भन्ने हुन्छ । यसले गजल कसको हो वा कसले लेखेको हो भन्ने चिनाउन पनि सहयोग पुर्याउँछ । तखल्लुसको प्रयोग गजलकारले विभिन्न प्रकारले गरेको पाइन्छ । यसलाई प्रथम, द्वितीय तथा तृतीय पुरुषको रुपमा पनि प्रयोग गरिएको हुन्छ भने गजलकारले आफैँसंग कुराकानी गरेजसरी पनि यसलाई प्रयोग गर्छ ।
गजल साहित्यिक विधा र त्यसमा पनि गेय विधा भएकोले यसमा पनि साहित्यको पद्य विधामा पाइने तत्त्वहरु पाइन्छन् । गजलमा पाइने महत्वपूर्ण तत्वहुन् – भाव तथा विषयवस्तु, कल्पना, संगीत, बिम्ब तथा प्रतीक र भाषा ।
धेरथोर जस्तो भए पनि भाव साहित्यको लागि अनिवार्य तत्व हो भने गीत तथा कविताजस्तै गजलका लागि त झनै आवश्यक तत्व हो । भावको मात्राले गजलको स्तरनिर्धारणमा सहयोग पुर्याउने गर्छ । भावले गर्दा नै गजल आत्मापरक्तातिर उन्मुख हुन्छ भने काव्यमा करुण, शान्त वा शृङ्गार जस्तो प्रकारको भावको प्रयोग भए पनि यसको आस्वादनचाहिँ सुखद नै हुने गर्छ ।
गजलमा विषयवस्तुको अभिव्यक्ति भावपूर्ण ढङ्गमा हुनु जरुरी हुन्छ । एउटा गजलमा एउटै विषयवस्तु र सेरैपिच्छे बेग्लाबेग्लै विषय पनि प्रयोग हुन सक्छ । एउटै विषय प्रयोग भएको गजललाई मुसलसल र एकभन्दा बढी विषय प्रयोग भएको गजललाई गैरमुसलसल भनिन्छ । प्रारम्भमा गजलमा प्रेमसम्बन्धी विषय प्रयोग हुने गरेकामा अश्लील सन्दर्भहरु पनि व्यक्त भएको जानकारी पाइन्छ भने पछि सुफीहरुले इश्वरको प्राथनाका लागि गजललाई माध्यम बनाएपछि यसले विशेष शक्ति प्राप्त गरेको र लोकप्रियता हासिल गरेको जानकारी पाइन्छ । अरबीबाट फारसी हुदै विभिन्न देशमा फैलिँदै जाँदा गजलमा अनेक विषयहरु प्रयोग भए । नेपालीका सन्दर्भमा कुरा गर्दा प्रारम्भिक चरणमा गजलमा मूल रुपमा शृङ्गार र फाट्टफुट्ट भक्ति, देशभक्ति र केही मात्रामा सामाजिक आदि विषय प्रयोग भएकामा हिजोआज यसमा व्यापकता आएको छ र समकालीन विकृतिप्रति व्यङ्ग्य गर्ने सनदर्भमा पनि गजलको शक्ति बेजोड देखिन थालेको छ ।
गजल गेय विधाविशेष भएकोले यसमा संगीतको प्रयोग अनिवार्य हुन्छ । शब्द, संगीत, गायन वा मौखिक संगीत अनि वाद्ययसंगीतको प्रयोगबिना गजलले अस्तित्व प्राप्त गर्दैन । शब्दसंगीतको सन्दर्भमा भन्दा गजलमा अनुप्रास तथा लय अनि छन्दको प्रयोग अत्यावश्यक तथा अनिवार्य हुन्छ र शब्दको आवृतिले पनि यसलाई संगीतमय बनाउन भूमिका खेल्ने गर्छ । गजलमा काफिया वा अन्त्यानुप्रास वा उपन्तअनुप्रासको अनिवार्य हुने भएकोले यसबाट पनि संगीतको सृष्टि हुने गर्छ र रदिफको पनि प्रयोग भएका गजल यस हिसाबमा अझ बलिया देखिन्छन् । यस्तै छेकानुप्रास, वृत्यनुप्रास, लाटानुप्रास मध्यानुप्रास आदिको प्रयोगले पनि गजलमा संगीतको सृष्टि गर्छ ।
गजल भाषाका माध्यमद्वारा अभिव्यक्त हुने विधाविशेष हो । गजलले अस्तित्व भाषाकै माध्यमबाट प्राप्त गर्छ र श्रोता तथा पाठकहरु यसको अर्थ भाषाकै माध्यमद्वारा लगाउने गर्छन् । गजलको व्यख्या र विश्लेषण पनि भाषाकै माध्यमद्वारा गरिन्छ । गजलमा शब्दसंगीतको प्रयोग भाषाकै वर्णहरुको सही छनोट गरी राखिँदा हुन्छ अनि छन्द वा बहरको प्रयोगमा पनि भाषाले नै भूमिका खेल्ने गर्छ । यस्तै, भाव, कल्पना आदिको प्रस्तुति पनि भाषाकै भाध्मद्वारा हुन्छ । भाषाको अभावमा गजलको निर्माण हुँदैन । गायनको क्रममा संगीतको अभिव्यक्तिको माध्यम पनि गजलमा भाषा नै हुन्छ ।
गजलमा भाषाको विशिष्ट प्रयोग हुन्छ । काव्यात्मक व्यवस्थापनको सन्दर्भमा नै पनि भाषाले प्रमुख भूमिका वहन गर्छ । बहर वा छन्द मिलाउने क्रममा, अनुप्रास मिलाउने क्रममा वा कतिपय सन्दर्भमा भाषाको विचलन पनि प्रशस्त हुने गर्छ । यस्तो विचलन पदक्रम, विभक्ति, वचन, कारक, शब्दप्रयोग आदिमा हुन्छ भने अर्थको तहमा पनि विचलन प्रशस्तै हुन्छ । गजल श्रव्य विधा भएकोले यसमा सरल तथा स्वभाविक भाषाको प्रयोग आवश्यक हुन्छ र काव्यात्मक उच्चारण अनि काव्यात्मक विरामको प्रयोग पनि हुने गर्छ । गजल थोरै शब्दबाट धेरै भाव व्यक्त गर्नुपर्ने विधा भएकोले सूत्रात्मकता यसको मूल विशेषता हुन्छ र संक्षिप्ततको खोजी यसमा गरिन्छ । गजलका सेरहरु सूक्तिमय हुनु अनि मानवजीवनसँग निकट सम्बन्ध राख्ने प्रकारका हुनु राम्रो मानिन्छ । गजलमा भावअनुसार वर्णहरुको वितरण पनि हुने गर्छ ।
सारिएका कुरा यिनै हुन् । गजल सम्वन्धि अलिक विस्त्रित अध्यन गर्न चाहे डा. कृष्णहरि बरालको ‘गजल : सिद्धान्त र परम्परा’ को अध्ययन गर्दा राम्रो होला भन्ने मलाई लाग्दछ । किनकि मेरो जानकारीमा भएसम्म सम्भवतः यो नै गजल विधाविशेष लेखिएको पछिल्लो पूर्ण कृति हो । यसमा गजलको इतिहासदेखि वर्तमान सम्म समेटिएको छ । यो पुस्तक पूर्ण र गहन किन पनि छ भने यसका लेखक स्वयमले गजलमै विद्यावारिधि गरेका हुन् ।
अन्तमा आफ्नै एउटा गजल राँखे, यो के कस्तो गजल बन्यो या बनेन सोधीखोजीको जीम्मा तपाईंहरुलाई नै छाँडे ।
This poem was written by Vietnameese Buddhist monk,Thich Nhat Hanh,in 1978 while trying to help boat people on the South China Sea.
Do not say that I “ll depart tomorrow –
even today I still arrive.
Look deeply: every second I am arriving
to be a bud on a Spring branch
to be a tiny bird in my new nest,
to be a caterpillar in the heart of a flower,
to be a jewel hiding itself in a stone.
I still arrive, in order to laugh and to cry,
to fear and to hope.
The rhythm of my heart is the birth and death of all that
is alive.
I am a mayfly metamorphosing
on the surface of the river.
And I am the bird
that snoops down to swallow the mayfly.
I am the frog swimming happily
in the clear water of the pond.
And I am the grass-snake
that silently feeds itself on the frog
I am the child in Uganda, all skin and bones
my legs as thin as bamboo sticks.
And I am the arms merchant,
selling deadly weapons to Uganda
I am the twelve year old girl,
refugee on a small boat,
who throws herself into the ocean
after being raped by the sea pirate.
And I am the pirate,
my heart not yet capable
of seeing and loving.
I am the member of politburo,
with plenty of power in my hands
And I am the man who has to pay
his ” debt of blood” to my people
dying slowly in a forced-labor camp.
My joy is the spring, so warm
it makes flowers bloom all over the Earth.
My pain is the river of tears,
so vast it fills the four oceans.
Please call me by my true names,
so I can hear all my cries and laughter at once.
so I can see that my joy and pain are one.
Please call me by my true names,
so I can wake up
and the door of my heart
could be left open,
the door of compassion.
न्युटनजीको स्याऊ – वास्तविकता ओकल्नु भएको छ । र धेरै राम्रो ।
Real description of educational sector!
Ramro chha tara ali kalatmakta bhaidiyeko bhaya jhan uttam hunthyo
Funny and satirical.
yedamai ramro lagyo …..doharayera teharayera pade..bado majja le rachiyako rahecha ..i appreciate much more for this न्युटनजीको स्याऊ …yekdamai ramro
dherai ramro cha satire dina ta ujeli ji lai nikai aaucha .. dami laagyo malai kabitatmak byanga
dami cha satire hanna ta ujeli ji ko jawaf nai chaina
ekdam ramro laagyo
imagine of best missing
एकदम सटिक छ !
VERY VERY APPROPRIATE AND TRUTHFUL POEM FULL OF HUMOUR. CONGRATULATION AND KEEP ON WRITING.
Beautiful !! awsome , reality !!
dheri ramro 6