आवश्यकता: सुन्दर सृष्टि गर्ने सुन्दरीको – राम कुमार श्रेष्ठ

सुन्दरी प्रतियोगितामा विजयी भएर ताज पहिरी 

सिंहासनमा बिराजमान तिमी साँच्चै सुन्दरी छ्यौ रे -

बान्की परेको अनुहार, 

छरितो जीउ-डाल,

हरिणका जस्ता ठूला ठूला आँखा,

मोतीका दाना जस्ता दाँत,

घायल पार्ने मृदु मुस्कान,

सबैलाई लठ्ठ्याउने मीठो बोली, 

परिस्थिति अनुसार जवाफ दिने सुन्दर कला,

त्यसैले

क्षमता होस् नहोस्

तिम्रो सामीप्यताको कल्पनामा डुबुल्की मार्छन् सबै जसो-

न त उपहार ल्याउदै भक्तिभाब देखाएर थाक्छन

न त प्रसंशा गरेर नै, 

धेरै जीउँदो शहीद भैरहेछन् तिम्रो लागि-

विकास गर्ने भन्दा विकास खानेहरु,

आश्वासन पाउँनेहरुभन्दा आश्वासन बाँड्नेहरु,

प्रशासनद्वारा हाकिनेभन्दा प्रशासन हाँक्नेहरु,

योजना पाउनेभन्दा योजना बनाउने र बाँडनेहरु,

ब्यापारीहरु र पत्रकारको त झन कुरै भएन

“स्पोन्सर” गर्न ब्यस्त छन -

आखिर लगानी न हो,   

तिमी भने आसे-पासेकाहरुलाई ठीक्क पार्दैमा ठीक छ-

शायद सुन्दरताको परिभाषा तिमीलाई नै थाहा छैन कि !

नत्र जति सुन्दरी प्रतियोगिता भए पनि

जति समयले कोल्टो फेरे पनि

ख्वै त तिमी भित्रको केही नयाँपना अनि सुन्दरता ?

रोबोटले झैं औपचारिकता मात्र कति निभाउने हो ?

सधैं परम्परा मात्र कति थामथाम थुमथुम पार्ने हो ?   

प्यारी सुन्दरी,

साँच्चै तिमी सुन्दरी नै हौ भने त

सुन्दरताले मल-जल पाउनु पर्ने होइन र?  

तिमीले सुन्दरताको सृष्टि गर्नु पर्ने होइन र?

त्यसो होइन भने त मलाई तिम्रो सुन्दरता किन चाहियो र ?

तिमीप्रति न त मेरो कुनै आशक्ति हुने छ

न त कुनै सपना

मलाई त त्यस्ती सुन्दरी चाहिएको छ

जसको हरेक सृष्टिमा सुन्दरता बर्सियोस्

काली, कोप्ची, छ्याकटी जस्तो भए पनि केही फरक पर्दैन

मात्र हुन पर्‍यो सुन्दर भाबना

ता कि हाम्रो सहवासमा भावनात्मक एकता हुन सकोस्

अनि

नयाँ नयाँ बुद्ध, न्युटन, आईन्स्टाइन, दाँते, गेटे,

      पुश्किन, म्याडम क्युरी, मदर टेरेसाहरु

जन्माउन सकियोस      

समय अनुसार चल्नेहरु त बग्रेल्ती जन्मेकै छन

मलाई त समय चलाउने र हाँक्ने

नयाँ नयाँ सन्तति चाहिएको छ !

नयाँ नयाँ सारथी चाहिएको छ ! !

नयाँ नयाँ युगद्रष्टा चाहिएको छ ! ! !

 

राम कुमार श्रेष्ठ
केण्ट, बेलायत

VN:F [1.7.5_995]
Rating: 0.0/10 (0 votes cast)
This entry was posted on Monday, November 3rd, 2008 and is filed under कविता. You can follow any responses to this entry through the RSS 2.0 feed. You can leave a response, or trackback from your own site.

7 Responses to “आवश्यकता: सुन्दर सृष्टि गर्ने सुन्दरीको – राम कुमार श्रेष्ठ”

  1. Arjun on November 4th, 2008 at 5:23 am

    रामजी,
    त्यसरी दुई भाबनाको एकताबाट बुद्द, अाइन्स्टाइन, पुश्किनहरु जन्माउन पाए कती सुन्दर हुन्थ्यो। त्यस्तो दिन कहिले आउँला? लाक्षणिक तबर्बाट धेरैतिर राम्रो झटारो हान्नु भएको छ। मिठो कबिताको लागि धन्यवाद ।

  2. Shreeram on November 4th, 2008 at 7:48 am

    Wonderful! Definitely we need internal beauty. And good shatter to politicians as well.

  3. Aabha on November 5th, 2008 at 12:30 am

    Ram sir,
    Thanks a lot for the nice poem.

  4. Sabee on November 5th, 2008 at 12:35 am

    Ram Da,
    Excellent, time relevant and good shatter as well.

  5. Sirjana on November 6th, 2008 at 4:54 am

    Sweet poem!

  6. Devraj on November 6th, 2008 at 5:38 am

    I like your way of writing! Excellent! Keep it up!

  7. आवश्यकता: सुन्दर सृष्टि गर्ने सुन्दरीको (कबिता ) « Ramkshrestha's Blog on July 3rd, 2009 at 4:42 am

Leave a Reply

गजलका विशेषता र लेखन मान्यता- एक्ले

Editor's Choice

हुनलाई त यहाँ अर्थात यस वेभमा प्रकासितमध्य कुनै एक रचनामाथि हाम्रो तर्फबाट केही लेख्ने भनिएको थियो । तर आज मैले सम्झौतालाई थोरै उल्लंघन गर्दै कुनै एक रचनामाथि नभएर रचना विधाविशेष केही लेख्ने (सार्ने) मनसुवा राखें । नीयम आपत्ति जनाउने तपाईंहरुमा सुरु मै करजोरी क्षमा याचना ।

वर्तमानमा सहित्यका विधाहरुमध्य गजल विधामा पनि धेरै कलम चलिरहेको महसुस गर्न सकिन्छ । यस वेभसाइडमा पनि पछिलो समय गजल भनौँ या गजल भनिएर धेरै रचनाहरु आउने गरेका छन् । ति मध्य कति, गजल सम्रचना अन्तर्गत राखेर हेर्दा गजल देख्नलाई कता कता असजिलो महसुस हुने खाल्का रचनाहरु प्राप्त हुने गरेका छन् भने कतिमा त गजलको गन्धसम्म पनि पाइन्न । यसो भएकोले आज मलाई गजल बारेमा मैले बुझेँ भन्ने लागेका मेरा केही बुझाइहरु बुझाउने पुस्तकबाटै सारेर यहाँ राख्ने हुटहुटी जागेर आयो । यसको अर्थ तेसो होइन कि तपाईं विज्ञ श्रष्टाहरुको बुझाइलाई मैले कम आँकिरहेको छु । ठाडो भन्नु पर्दा, बाठो पल्टिएको हुइनँ । म गजलको साधरण पाठक, श्रोतामात्र हुँ । तपाईं स्रष्टाहरुको अगाडि म अल्पज्ञानी श्रोताले गजलबारे खोक्ने दुष्साहस गर्न सक्दिनँ । तेसो त आजको यो अति उत्तराधुनिक संसारमा भोगाइ, बुझाई, गराई सबैसबै आ-आफ्नै । अरुलाई छोडौँ । साहित्यमा भन्नु पर्दा विधाभञ्जन, अविधाहरु विधा बनेर आइरहेको बेला, विनिर्माण निर्माणको बेला, यो यसै हुनु पर्छ, यो यसरी नै देखिनु पर्छ, यो यसरी नै लेखिनु पर्छ, यो यसरी नै भनिनु पर्छ, यसरी नै सुनिनु, बुझिनु पर्छ भनेर भन्नु या भन्न खोज्नु पनि मुर्खता नै होला । तर स्याउ, स्याउ नै हो भने सुन्ताला, सुन्ताला नै हो । स्याउमा सुन्तालाको रस पाइन्न भने सुन्तालामा स्याउको स्वाद । अझै स्याउ, सुन्तालाको पनि आ-आफ्नै अरु थुप्रै थरी होलान् । जस्मा स्वादको विविधता अवश्य नै हुने भए । हो सुन्ताला र कागती क्रस गरेर मुन्ताला फलाए जस्तै अरु विभिन्नलाई क्रस गर्न सकिएला । जस्ले स्वाद, गुण, रुप थुप्रैमा नयापन ल्याउला यो अर्कै पक्ष भयो ।

अव गजललाई कहिंकतै क्रस नगराई विशुद्ध फलाउने विधि विधानमा पसौँ है त । त्योभन्दा पहिले प्रश्ट पारौँ, यहाँ जेजति लेखिएका छन् यी सब मैले प्राध्यापक (ड.) डा. कृष्णहरि बरालको ‘गजल : सिद्धान्त र परम्परा’ भन्ने गजलको रामकाहानी समेटिएको कृतिबाट लिएको हुँ । धेरै हुवहु, अक्षरस सारेको छु । यति हो पुरै पुस्तकको सारबाट पनि सारमात्र खिचेर लिइएको हुँदा बीचबीचमा थोरै यताउता र थपघट भएका छन् ।

प्रारम्भमा अरबमा अरबी भाषामा लेख्न थालिएको गजल इरानमा फारसी भाषामा दशौँ शताब्दीमा लेख्न थालिएको जानकारी पाइन्छ । यसरी अरबीबाट फारसी, हिन्दी तथा उर्दू भाषा हुँदै नेपालीमा भित्रिन आएको गजल खास प्रकारको संरचनामा आबद्ध काव्यरुप हो । बराबरी लम्बाई वा एउटै छन्द भएका दुईदुई पंक्तिका कम्तिमा तीन सेर हुने यस विधामा मूलत: aa ba ca da आदिका क्रममा काफियाको प्रयोग भऐको पाइन्छ भने धेरै गजलमा काफियापछि दोहोरिएर आउने रदिफ पनि रहेको हुन्छ । गजलको प्रत्येक सेर आँफैमा पूर्ण कविता हुन्छन् यी मुक्तककै समकक्षी हुन्छन् । गजलमा गजलकारले आफ्नो उपनाम तखल्लुस राख्ने चलन पनि छ । यस्तो विशेष बनौटको अतिरिक्त गजलमा भाव, कल्पना, लय तथा छन्द, बिम्ब तथा प्रतीक र भाषाजस्ता तत्वहरु प्रयोग हुने गर्छन् । गजलमा, प्राचीन समयमा प्रेमसमम्बन्धी विषय प्रयोग हुने गरेकामा समयक्रममा यसमा अनेक विषय प्रोयोग हुन थालेको पाइन्छ भने एउटा गजलका सबै सेरमा एउटै विषय वा भिन्नभिन्न विषय प्रयोग हुने प्रचलन पनि देखिन्छ ।

गजल शब्दको व्युत्पतिगत अर्थ प्रेमिकासंग वार्तालाप वा स्वास्नीमानिससंग वार्तालाप भन्ने हुन्छ र साहित्यिक सन्दर्भमा चाहिँ एक प्रकारको काव्यविधा भन्ने हुन्छ । व्युत्पतिगत यस अर्थले पनि गजलमा प्रेमसम्बन्धी विषयवस्तु बढी प्रयोग हुनेकुरा स्पस्ट हुन्छ । समयक्रममा यसमा प्रयोग हुने विषयवस्तु विस्तारित भएको सन्दर्भ विभिन्न कालका गजलहरु पढेपछि थाहा पाइन्छ ।

गजलमा दुईदुई पंक्तिका आफैँमा पूर्ण वा स्वतन्त्र तीन वा तीनभन्दा बढी सेरहरु हुन्छन् र यी सेरहरु व्याकरणिक तथा अर्थ दुबै दृष्टिले आफैँमा पूर्ण हुन्छन् । गजलमा भएका सेरका पंक्तिहरुलाई मिसरा भनिन्छ यी मिसरालाई पनि दुई भागमा बाँडिएको पाइन्छ । सेरमा प्रयुक्त पहिलो पंक्ति वा मिसरालाई मिसर-ए-उला (मिसरा-ए-उला) भनिन्नछ भने प्रत्येक दोस्रो मिसरालाई मिसर-ए-सानी (मिसरा-ए-सानी) भनिन्छ । गजलमा भएका सेरहरुमध्ये पहिलो सेरलाई मतला भनिन्छ । यसलाई परिचयात्मक वा प्रतिनिधि वा उद्घाटित सेर भनिएको पनि पाइन्छ । कुनै कुनै गजलमा दुईवटा मतलाको प्रयोग हुने कुरा पनि विद्वानरुले बताएका छन् । गजलको अन्तिम सेरलाई मकता भनिन्छ । यसै सेरमा गजलकारले आफ्ना वैयक्तिक कुरा भन्ने गर्छ र यो सेर तुलानात्मक रुपमा बढी आत्मापरक हुन्छ भने संवेगको प्रयोगका दृष्टिले पनि अत्यन्त शक्तिशाली हुन्छ । यस सेरमा गजलकारले तखल्लुस (आफ्नो नामको केही अँश वा उपनाम) पनि प्रयोग गर्ने गर्छ । मतला र मकता भागका बीचका सेरहरुलाई गजलको मध्यभाग भनिन्छ । गजलको सबैभन्दा उत्कृष्ट सेरलाई ‘हासिले गजल सेर’ भनिन्छ ।

गजलमा प्रयोग हुने उपकरणहरुमा काफिया, रदिफ तथा तखल्लुस महत्वपूर्ण छन् भने गजलको संरचना निर्माणमा दुईदुई पंक्तिको सेरलगायत उपर्युक्त उपकरणहरुले पनि महत्वपूर्ण भूमिका वहन गर्ने गर्छन् । काफियाले गजललाई निस्चित रुप प्रदान गर्छ भने साँगीतिक पनि बनाउँछ । यसको अभावमा गजलले संरचना नै प्राप्त गर्न सक्दैन ।

काफियाः-

काफिया अरबी भाषाको पुलिङ्गी शब्द हो र यसको साहित्यिक अर्थ अनुप्रास, अन्त्यानुप्रास वा तुक भन्ने हुन्छ । गजलका प्रयोगका सन्दर्भमा भन्दाचाहिँ यसले अन्त्यानुप्रास वा उपान्तअनुप्रासको भूमिका वहन गर्ने गर्छ । गजलका मिसराहरुको पछाडि दोहोरिने शब्द रदिफभन्दा अगाडि प्रयोग हुँदा यसले उपान्तअनुप्रासको कार्य गर्छ भने रदिफ प्रयोग नभई अन्तिममा रहँदा अन्त्यानुप्रासको कार्य गर्छ । गजलमा काफियाको निस्चित स्थान निर्धारण हुन्छ र यसको प्रयोग मतला (परिचयात्मक वा प्रतिनिधि वा उद्घाटित सेर )का सबै मिसरा (पंक्ति)मा अनिवार्य रुपमा प्रयोग हुन्छ भने अन्य सेरहरुका चाहिँ दोस्रादोस्रा मिसरामा यसको प्रयोग गरिन्छ । सैद्धान्तिक हिसाबमा भन्दा एउटा मतला हुँदा गजलका मिसराहरुमा aa ba ca da र दुईवटा मतला हुँदा aa aa ba ca da का क्रममा काफियाको प्रयोग हुन्छ । गजलमा काफियाको प्रयोग पूर्ण तथा आंशिक दुबै अनुप्रासका रुपमा हुन सक्छ तर पूर्ण अनुप्रासकै रुपमा प्रयुक्त काफियालाई राम्रो मानिन्छ । एउटा गजलमा काफिया कहिलै पनि दोहोरिन्नन् ।

रदिफः-

काफियापछि दोहोरिने शब्दलाई रदिफ भनिन्छ । रदिफ अरबी भाषाको स्त्रीलिङ्गी शब्द हो र यसको व्युत्पत्तिगत अर्थ ‘घोडा वा उँटको पछि बसेको व्यक्ति’ भन्ने हुन्छ । साहित्यिक सन्दर्भमा भन्दाचाहिँ यो काफियापछि दोहोरिने शब्द हो । गजललाई सांगीतिक बनाउन रदिफले महत्वपूर्ण भूमिका प्रदान गर्छ । यसले गजललाई स्मरणयोग्य बनाउन पनि सहयोग पुर्याउँछ । यस्तो हुँदाहुदै पनि गजलमा रदिफको प्रयोग अनिवार्य मानिँदैन । रदिफ प्रयोग भएको गजललाई मुरद्दफ र नभएको गजललाई गैरमुरद्दफ भनिन्छ । कतिपय विद्ववान्ले त रदिफलाई गजलको अचम्मको र आवश्यक तत्त्व मानेका छन् ।

तखल्लुसः-

गजलमा प्रयोग गरिने अर्को महत्वपूर्ण उपकरण तखल्लुस हो र यसको प्रयोग ऐच्छिक रुपमा गरिने गर्छ । अरबी भाषाको पुलिङ्गी शब्द तखल्लुसको अर्थ कवि वा सायरले कविता वा गजलमा लेख्ने नाम वा उपनाम भन्ने हुन्छ । यसले गजल कसको हो वा कसले लेखेको हो भन्ने चिनाउन पनि सहयोग पुर्याउँछ । तखल्लुसको प्रयोग गजलकारले विभिन्न प्रकारले गरेको पाइन्छ । यसलाई प्रथम, द्वितीय तथा तृतीय पुरुषको रुपमा पनि प्रयोग गरिएको हुन्छ भने गजलकारले आफैँसंग कुराकानी गरेजसरी पनि यसलाई प्रयोग गर्छ ।

गजल साहित्यिक विधा र त्यसमा पनि गेय विधा भएकोले यसमा पनि साहित्यको पद्य विधामा पाइने तत्त्वहरु पाइन्छन् । गजलमा पाइने महत्वपूर्ण तत्वहुन् – भाव तथा विषयवस्तु, कल्पना, संगीत, बिम्ब तथा प्रतीक र भाषा ।

धेरथोर जस्तो भए पनि भाव साहित्यको लागि अनिवार्य तत्व हो भने गीत तथा कविताजस्तै गजलका लागि त झनै आवश्यक तत्व हो । भावको मात्राले गजलको स्तरनिर्धारणमा सहयोग पुर्याउने गर्छ । भावले गर्दा नै गजल आत्मापरक्तातिर उन्मुख हुन्छ भने काव्यमा करुण, शान्त वा शृङ्गार जस्तो प्रकारको भावको प्रयोग भए पनि यसको आस्वादनचाहिँ सुखद नै हुने गर्छ ।

गजलमा विषयवस्तुको अभिव्यक्ति भावपूर्ण ढङ्गमा हुनु जरुरी हुन्छ । एउटा गजलमा एउटै विषयवस्तु र सेरैपिच्छे बेग्लाबेग्लै विषय पनि प्रयोग हुन सक्छ । एउटै विषय प्रयोग भएको गजललाई मुसलसल र एकभन्दा बढी विषय प्रयोग भएको गजललाई गैरमुसलसल भनिन्छ । प्रारम्भमा गजलमा प्रेमसम्बन्धी विषय प्रयोग हुने गरेकामा अश्लील सन्दर्भहरु पनि व्यक्त भएको जानकारी पाइन्छ भने पछि सुफीहरुले इश्वरको प्राथनाका लागि गजललाई माध्यम बनाएपछि यसले विशेष शक्ति प्राप्त गरेको र लोकप्रियता हासिल गरेको जानकारी पाइन्छ । अरबीबाट फारसी हुदै विभिन्न देशमा फैलिँदै जाँदा गजलमा अनेक विषयहरु प्रयोग भए । नेपालीका सन्दर्भमा कुरा गर्दा प्रारम्भिक चरणमा गजलमा मूल रुपमा शृङ्गार र फाट्टफुट्ट भक्ति, देशभक्ति र केही मात्रामा सामाजिक आदि विषय प्रयोग भएकामा हिजोआज यसमा व्यापकता आएको छ र समकालीन विकृतिप्रति व्यङ्ग्य गर्ने सनदर्भमा पनि गजलको शक्ति बेजोड देखिन थालेको छ ।

गजल गेय विधाविशेष भएकोले यसमा संगीतको प्रयोग अनिवार्य हुन्छ । शब्द, संगीत, गायन वा मौखिक संगीत अनि वाद्ययसंगीतको प्रयोगबिना गजलले अस्तित्व प्राप्त गर्दैन । शब्दसंगीतको सन्दर्भमा भन्दा गजलमा अनुप्रास तथा लय अनि छन्दको प्रयोग अत्यावश्यक तथा अनिवार्य हुन्छ र शब्दको आवृतिले पनि यसलाई संगीतमय बनाउन भूमिका खेल्ने गर्छ । गजलमा काफिया वा अन्त्यानुप्रास वा उपन्तअनुप्रासको अनिवार्य हुने भएकोले यसबाट पनि संगीतको सृष्टि हुने गर्छ र रदिफको पनि प्रयोग भएका गजल यस हिसाबमा अझ बलिया देखिन्छन् । यस्तै छेकानुप्रास, वृत्यनुप्रास, लाटानुप्रास मध्यानुप्रास आदिको प्रयोगले पनि गजलमा संगीतको सृष्टि गर्छ ।

गजल भाषाका माध्यमद्वारा अभिव्यक्त हुने विधाविशेष हो । गजलले अस्तित्व भाषाकै माध्यमबाट प्राप्त गर्छ र श्रोता तथा पाठकहरु यसको अर्थ भाषाकै माध्यमद्वारा लगाउने गर्छन् । गजलको व्यख्या र विश्लेषण पनि भाषाकै माध्यमद्वारा गरिन्छ । गजलमा शब्दसंगीतको प्रयोग भाषाकै वर्णहरुको सही छनोट गरी राखिँदा हुन्छ अनि छन्द वा बहरको प्रयोगमा पनि भाषाले नै भूमिका खेल्ने गर्छ । यस्तै, भाव, कल्पना आदिको प्रस्तुति पनि भाषाकै भाध्मद्वारा हुन्छ । भाषाको अभावमा गजलको निर्माण हुँदैन । गायनको क्रममा संगीतको अभिव्यक्तिको माध्यम पनि गजलमा भाषा नै हुन्छ ।

गजलमा भाषाको विशिष्ट प्रयोग हुन्छ । काव्यात्मक व्यवस्थापनको सन्दर्भमा नै पनि भाषाले प्रमुख भूमिका वहन गर्छ । बहर वा छन्द मिलाउने क्रममा, अनुप्रास मिलाउने क्रममा वा कतिपय सन्दर्भमा भाषाको विचलन पनि प्रशस्त हुने गर्छ । यस्तो विचलन पदक्रम, विभक्ति, वचन, कारक, शब्दप्रयोग आदिमा हुन्छ भने अर्थको तहमा पनि विचलन प्रशस्तै हुन्छ । गजल श्रव्य विधा भएकोले यसमा सरल तथा स्वभाविक भाषाको प्रयोग आवश्यक हुन्छ र काव्यात्मक उच्चारण अनि काव्यात्मक विरामको प्रयोग पनि हुने गर्छ । गजल थोरै शब्दबाट धेरै भाव व्यक्त गर्नुपर्ने विधा भएकोले सूत्रात्मकता यसको मूल विशेषता हुन्छ र संक्षिप्ततको खोजी यसमा गरिन्छ । गजलका सेरहरु सूक्तिमय हुनु अनि मानवजीवनसँग निकट सम्बन्ध राख्ने प्रकारका हुनु राम्रो मानिन्छ । गजलमा भावअनुसार वर्णहरुको वितरण पनि हुने गर्छ ।

सारिएका कुरा यिनै हुन् । गजल सम्वन्धि अलिक विस्त्रित अध्यन गर्न चाहे डा. कृष्णहरि बरालको ‘गजल : सिद्धान्त र परम्परा’ को अध्ययन गर्दा राम्रो होला भन्ने मलाई लाग्दछ । किनकि मेरो जानकारीमा भएसम्म सम्भवतः यो नै गजल विधाविशेष लेखिएको पछिल्लो पूर्ण कृति हो । यसमा गजलको इतिहासदेखि वर्तमान सम्म समेटिएको छ । यो पुस्तक पूर्ण र गहन किन पनि छ भने यसका लेखक स्वयमले गजलमै विद्यावारिधि गरेका हुन् ।

अन्तमा आफ्नै एउटा गजल राँखे, यो के कस्तो गजल बन्यो या बनेन सोधीखोजीको जीम्मा तपाईंहरुलाई नै छाँडे ।

तिमीलाई होइन मैले आफैँसंग ढाँटेको छु

लुकाउन सत्यलाई झुटहरु बाँटेको छु

हिजै खोल्नु थियो कुरो स्वार्थले लुकाइरहेँ

आजचाहिँ दिल खोली भन्नलाई आँटेको छु

खोलिसक्नु छैन यहाँ विषादका पोकाहरु

थुमथुम्याउँदै जिन्दगी चुपचाप काटेको छु

रुचाएको जीवन हिजै छुट्यो अन्तै कतै

बाँकी जे छ दिन रात सम्झौतामा साटेको छु

जतिसक्दो टालीरहेँ च्यातिएको यो मनलाई

आज भने धुजाधुजा जताततै फाटेको छु

दुःख टेक्दै सुखको पछिपछि लागिरहेँ

लालचा यो मनको अबचाहिँ छाँटेको छु ।

VN:F [1.7.5_995]
Rating: 6.6/10 (16 votes cast)
276 Reads | 3 Comments | Read More

My Slithered Dream – Hum Ale

October 3rd, 2009

A salient whisper in the midst of mind

It touches my periphery

A sweet emollient breeze bypasses

And crops up

A fragrance of a sheer medieval

In the spectrum of best reflection

And in the monument

Of the world’s ever rejoiced landscapes

I put forth in the eyes of many people

I simply tackle

Whatsoever the best they

Reveal before me

They waddle to

My will to venturing

What my father advocates

Many tantrums

Of becoming

A worth living in the world

I can reside for they mean to me

And it adheres within me

The spirit of its endowment

It just lay on me and

Begin I have started

To gallop in the journey

The spirited gift

That be in my run

It jostles in a panic

Shocking with

An incredible alarming

A vinegary bow down

Smelling the scene of

Many lopsided run

Is it really swayed?

It startles me severely

In the bleak

Of being in a glittering height

I once reminisce

For what I could be

Really among my friends

They dream about me

And I justify

Without any effort

I weave

To be in the height

I play them

Forgetting myself despite

So many strive in my run

It’s all gone, scrunched up

And I slowly try to make

A difference for paying

So many troubles

And, I find

An incredible picture amidst

Those shrouded glimpse

I smile and, freshen alive simply

Keeping away

From my feeble hands

VN:F [1.7.5_995]
Rating: 6.6/10 (5 votes cast)
< |||| > 1 2 3 4 5

Shrijana: Video

Videos

प्रकाश रोदुङ बीएफबीएसमा कविता कुसुमसंग ।

VN:F [1.7.5_995]
Rating: 1.0/10 (1 vote cast)

ताजा प्रतिकृयाहरु !

Donate

Shrijana Dot Com
Amount: US$
Select your donation purpose:
श्रृजना डट कम सह्योग आह्वानका उद्देश्यहरु!
सह्योगी दाताहरुको सूची!
श्रृजना डट कमलाई सहयोग गर्ने बिधि

भित्ते पाटी !

Previous Next All
Latest on Mon, 15:23

Dev sai: Thanks for the making this site becouse some time iam feel so tens so if i open this site then i wil fel beter

Naresh G.C.: I am very very enjoy

Bhanubhakta Acharya: I always see this site. I like it.

oshin thapa magar: latest gagal haru rakhnu parto

Manoj kafle: Sahitye premi sathiharuko lagi ati rochak ra pyaaro shrijan.com ka sabai sanchalak sampaadak ji laai dhnyabaad chha. Manoj

» प्रतिक्रिया दिनुहोस् !




सर्वाधिक लोकप्रिय !

बाँकी समाचारहरु

Links

Archive